logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ज्वालासिंह समूहका ‘मोस्ट वान्टेड’ पटेल पक्राउ


    १२ पौस २०७३ , मंगलबार

    ज्वालासिंह समूहका ‘मोस्ट वान्टेड’ पटेल पक्राउ

    १२ पुस, काठमाडौं । नेपाल प्रहरीको सर्वा्धिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् ।

    6711234961_acc07b9688
    भारतको रामगढवामा सात वर्षदेखि लुकीछिपी बस्दै आएका पटेललाई भारतीइ प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

    बाराको फेटामा घर भएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष छोली पक्राउ गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

    शनिबार नै पक्राउ परेका पटेललाई हेटौंडाले त्यही दिन जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको थियो ।
    उनलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमुक्त राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले वताए ।

    १७ वैशाख २०६६मा बाराको कलैया नगर निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा पटेको संलग्नता रहेको प्रहरीको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.