logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    चिनीया बाओजी सिटीका मेयरले भैरहवा आएर भने नेपालीहरु संसारकै हँसिला र मेहनती छन्


    २० पौस २०७३ , बुधबार

    चिनीया बाओजी सिटीका मेयरले भैरहवा आएर भने नेपालीहरु संसारकै हँसिला र मेहनती छन्

    20170104_130127
    नरेश के.सी.
    भैरहवा, पुस २० । चीनको औद्योगिक शहर सान्छी प्रान्तको मुख्य केन्द्र बाओजी शहरका प्रमुख सी चिन छाईले संसारमा सबैभन्दा हँसिला र खुशीला जनता नेपाली भएको बताएका छन् ।

    मित्र राष्ट्र चीनको बाओजी सिटी र सिद्धार्थनगर नगरपालिका बीच भगिनी सम्बन्धको सम्झौतामा हस्ताक्षर गरेपछि बाओजीका प्रमुख छाईले बुधबार भैरहवामा भने “नेपाल अत्यन्तै सुन्दर देश हो । नेपालीहरु अत्यन्तै मेहनति छन्, उनीहरुको अनुहारमा जस्तोसुकै बेला पनि हाँसो झल्किरहन्छ ।”

    20170104_120353
    प्रमुख छाईले बुद्धको जन्मस्थल  सिद्धार्थनगर नगरपालिका र बुद्धको औँलाको हड्डी राखेर गुम्बा तयार गरिएको बाओजी शहरको बीच भएको भगिनी सम्बन्धले सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ घनिष्ट बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भने “आजको हस्ताक्षर नेपाल र चीन बीचको सम्बन्धमा कोसेढुङ्गा साबित हुने विश्वास लिएको छु । यस अवसरमा नेपाली मित्रहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

    20170104_125950
    चीनको सान्छी प्रान्त अन्र्तगत पर्ने बाओजी सिटीको क्षेत्रफल १८ हजार वर्ग कि.मि. रहेको र सो क्षेत्रमा १ लाख भन्दा बेसी जनसंख्या रहेको प्रमुख छाइले जनाए ।

    चिनीया औद्योगिक सहरको रुपमा स्थापित बाओजी सहरसँग भगिनी सम्बन्ध राख्न पाउँदा सिद्धार्थनगरबासी अत्यन्तै हर्षित भएको नगरका प्रमुख गोपालप्रसाद रेग्मीले जानकारी दिए ।
    चिनीयाँ पाहुनाहरुलाई स्वागत गर्दै सिद्धार्थनगर नगरपालिकाको वस्तुस्थितिको बारेमा वरिष्ठ ईञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले प्रकाश पारेको उक्त कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले नेपाल र चीनको सम्बन्ध परापूर्वकालदेखि अहिले सम्म सुमधुर हुँदै गएको इतिहास केलाउँदै रुपन्देही सदरमुकाम  सिद्धार्थनगर भैरहवा र चीनको बाओजी सिटीबीचको सम्बन्धले झनै महत्व बढाएको बताए ।

    20170104_130000
    सिद्धार्थनगर नगरपालिका र बाओजी सहर अन्र्तगत भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यले केही वर्ष अगाडि देखि प्रयास भइरहेको थियो ।

    भगिनी सम्बन्ध स्थापित गर्न आयोजित हस्ताक्षर कार्यक्रममा बाओजी सहर उद्योग वाणिज्य महासंघ प्रमुख ह्वाङ यीन सङ, फुसङ काउन्ती प्रमुख छी च्युन च्यान, नागरिक सहयोग ब्युरोका उप प्रमुख ताई होङ छ, परराष्ट्र विभाग उपप्रमुख वाङ छ्युन, कामन गुम्बा सांस्कृतिक पर्यटन केन्द्र विकास समितिका उप प्रमुख चाङ वे दोङ, लुम्बिनी सामुदायिक विकास केन्द्रका अध्यक्ष विष्णु पन्थी लगायत चिनीया पाहुनाहरुको उपस्थिति रहेको लुम्बिनी सामुदायिक केन्द्रका डा. सागर न्यौपानेले जानकारी दिए ।

    20170104_124319
    सो अवसरमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी सिंह, नगर प्रमुख रेग्मी, भूपू मन्त्री हकिकुल्लाह खाँ, उद्योग वाणिज्य संघका पदाधिकारीहरु,नेपाल चीन सँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुखहरु, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रमुखहरु, स्थानीय विकास अधिकारी, रुपन्देही प्रहरी प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    २०७३ कात्तिक अन्तिम साता सिद्धार्थनगर नगरपालिकाका तत्कालीन प्रमुख विष्णुदत्त गौतम र अधिकृत विवेक खनाल बाओजी सहर पुगी भगिनी सम्बन्धको सूत्रपात गरेका थिए । छोटो समयमै भगिनी सम्बन्धको औपचारिक यात्रा सुरु भएकोमा आफूहरु अत्यन्तै उत्साहित भएको अधिकृत खनाल जनाउँछन् ।

    20170104_122323

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.