logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सरकारद्वारा पुनर्निर्माण प्राधिकरणका सिइओ बर्खास्तीको तयारी


    २१ पौस २०७३ , बिहिबार

    सरकारद्वारा पुनर्निर्माण प्राधिकरणका सिइओ बर्खास्तीको तयारी

    काठमाडौं,–सरकारले पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्तीको तयारी गरेको छ । आजको मन्त्रिपरिषद् बैठकबाट ज्ञवालीलाई बखास्तीको तयारी गरिएको  एक मन्त्रीले  जानकारी दिए ।

    sushil-gyawali
    सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने ज्ञवालीलाई बर्खास्त गर्ने विषयमा बैठकमा छलफल भएको तर अन्तिम निर्णय हुन बाँकी रहेको दाबी गरे ।

    भूकम्पपछीको पुनर्निमाणको कामलाई गति दिन नसकेको भन्दै गत पुस ७ गते बसेको मन्त्रीपरिषदको बैठकले ज्ञवालीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

    पुनर्निमार्णको कामलाई अघि बढाउन समन्वय गर्न नसकेको, भूकम्पपीडितको पुर्नवास गराउन असफल भएको, प्रभावितलाई समयमा अनुदान दिन नसकेको, पुनर्निमार्णका लागि कर्मचारीबीच समन्वयन गर्न नसकेको आरोप लगाँउदै सात दिने स्पष्टिकरण सोधेको हो ।  उनलाई सरकारले हटाउने  उद्देश्यले नै प्रष्टिकरण सोधेको हो । उनले हिजो स्पष्टिकरण बुझाएका थिए ।

    Tags :
    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.