logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सामाजिक क्षेत्रमा रोटरी क्लब अफ भैरहवा


    २३ पौस २०७३ , शनिबार

    सामाजिक क्षेत्रमा रोटरी क्लब अफ भैरहवा

    भैरहवा, पुस २३ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भैरहवाले शनिवार जिल्लाको मर्चवारक्षेत्रमा बालबालीकालाई न्यानो सामाग्री वितरण गरेको छ ।

    _rrk3985
    क्लवले हाटिबनगाई गाविस स्थीत पाठक इंटा उद्योग द्धारा सञ्चालीत बालविकास तथा सीकाई केन्द्रका ६० जना बालबालीकालाई कम्मल, जुत्ता र मोजा प्रदान गरेको हो ।
    ईटा उद्योगमा काम गर्ने मजदुरहरुका छोराछोरीको शिक्षाका लागि स्थापना गरिएको सो सिकाई केन्द्रमा अध्ययनरत बालबालीकाहरुलाई  न्यानो कपडाको अभाव रहेको जानकारी प्राप्त भएपछि आफुहरुले मानवताको सेवा अन्र्तगत कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
    कार्यक्रमका प्रमुख अतिथी समाजसेवी नारायण अग्रवालले क्लवमा आबद्ध हुनु आर्थीक उपार्जनको लागि नभई आफुले आर्जन गरेको आम्दानीको केही भाग समाजसेवामा खर्च गर्दा आत्मसन्तुष्टी र समस्यामा परेकाहरुको लागि ठुलो सहयोग मिल्ने कार्यक्रममा वताएका थिए । उनले हामी विश्व शान्तिको मुहान लुम्बिनी क्षेत्रमा भएकोले पनि लुम्बिनीको प्रचार प्रसारको लागि अग्रसर हुनुपर्ने सवैमा अनुरोध गरे ।

    _rrk3882
    जाडो र शितलहरका कारण समस्यामा परेका यहांका वालवालिकाहरुले न्यानो कपडा पाए पछि क्लवलाई कृज्ञता व्यक्त गरेका थिए । उनिहरुले आगामी दिनहरु पनि आफुहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगको अपेक्षा रहेको समेत क्लवका पदाधिकारीलाई सुनाए ।
    उद्योगका सञ्चालक डोलराज पाण्डे तथा क्लबका सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा कार्यक्रम संयोजक अरुण मिश्राको स्वागत मन्तब्य तथा सचिव पवनकुमार पौडेलले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.