logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    “विप्लब”को भैरहवा सम्मेलन


    २५ पौस २०७३ , सोमबार

    “विप्लब”को  भैरहवा सम्मेलन

    लुम्बिनीखबर
    भैरहवा,  पुस २५ । नेत्रविक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा माओवादी सिद्धार्थनगर नगरपालिका, भैरहवाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।


    सम्मेलनले योगेन्द्र यादवलाई सेक्रेटरीमा निर्वाचित गरेको छ । निर्वाचित सेक्रेटरी यादवको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी चयन गरेको छ । त्यसै गरी सम्मेलनले राजु खानलाई नगर जनपरिषदको प्रमुख र नारायण कुवँरलाई उपप्रमुखमा निर्वाचित गरेको पार्टीले जनाएको छ ।

    नगर सम्मेलनको उदघाटन गर्दै पार्टी रुपन्देहीका सेक्रेटरी शरद ओलीले संसदिय व्यवस्थाको खारेजीको लागि एकीकृत जनक्रान्तिको बाटोमा अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टीको आगामी फागुन १ गते हुने आठौं महाधिवेशनले क्रान्तिको गति पैदा हुने समेत बताए ।

    कार्यक्रममा नेकपा माओवादी रुपन्देही क्षेत्र नं. २ का इन्चार्ज विश्वास भट्टराई लगायतले बोलेका थिए । राज्य परिवर्तनका लागी हिजो १० बर्ष सम्म जनयुद्ध लडेका विप्लब माओवादीका नेताहरु प्रचण्डले नेतृत्व गरेको एमाओवादीले परिवर्तन गर्न नसक्ने भन्ने अलग पार्टी वनाएर अगाडी वढेको छ ।

    पार्टी विभाजनका मोहन बैद्य संग मिलेको यो पार्टी अहिले फेरी टुक्रिए र विप्लव बनेको देखिन्छ । यसले दिर्घकालिन जनक्रान्ति गरेर र राज्य परिर्वत गर्ने सोच लिएको पार्टी निकट कार्यकर्ताहरु बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.