लुम्बिनीखबर
भैरहवा, पुस २७ । ग्यास बिक्रेताहरुले बजारमा एकै किसिमको बजार भाउ बनाउन माग गरेका छन् ।
क्षेत्रीय ग्याँस विक्रता संघ भैरहवाको छैठौं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् । ग्याँस उद्योगिहरुले बजार भाउ फरक फरक राख्दा व्यवसाय नै धरापमा पर्ने भएकोले एउटै हुनुपर्ने माग राखेका हुन् ।

ग्याँस विक्रेतालाई अहिले ग्याँस लिकेज हुने र त्यस्ता सिलिण्डर कम्पनीमा पठाउँदा कम्पनीले त्यस्ता भाँडोको जिम्मा नलिने र व्यवसायमा मुनाफा कम भएकोले व्यवसायीहरु मर्कामा परेको बुटवल शाखाका अध्यक्ष प्रदिप पन्तले बताए ।
विगतका दिनमा ग्याँस पड्कने, लिकेज हुने समस्या आए पनि कम्पनीको अनुगमन गर्न सिडिओ समक्ष गुनासो गर्दा समेत कुनै पहल नभएको र उपभोक्ताले जोखिमपूर्ण सिडिलिण्डर प्रयोग गर्न बाध्य भएको रुपन्देही ग्याँस विक्रेता संघका अध्यक्ष बसन्त गौचनले कार्यक्रममा गुनासो व्यक्त गरे ।
जुन सुकै कम्पनीको ग्याँस भएता पनि एकै किसिमको बजार भाउ राख्नु पर्ने र लिकेज भएको ग्याँसको जिम्मा कम्पनीले गर्नु पर्छ गौचनले भने ।
उपभोक्ता नै ठगिने गरि गरिएको ग्याँस कम्पनीहरु आफू पहिचान गरि अबका दिनमा त्यस्ता गतिविधी रोक्न वाणिज्य कार्यालय नयाँ योजनाका साथ अगाडी बढ्ने र दूध पसल र किराना पसलहरुमा ग्याँस राखेर विक्रि गर्न बन्द गराउने वाणिज्य कार्यालय भैरहवाका प्रमुख बेदप्रसाद उपाध्याले बताए ।
कार्यक्रम क्षेत्रीय समति भैरहवाका अध्यक्ष मधुसुदन उपाध्यायको अध्यक्षता, वाणिज्य कार्यालयका प्रमुख वेदप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायीका अध्यक्ष रामचन्द्र रेग्मी, ग्यास विक्रेता संघका शाखा अध्यक्षहरु लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राममिलन यादवको स्वागत मन्तव्य राखेका थिए ।
महिला व्यवसायी टिका भट्टराई, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायीका अध्यक्ष रामचन्द्र रेग्मी, सल्लाहकार बिन्दु चौधरी लगायतको मन्तव्य राखेका थिए । फणिन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा यसक्षेत्र ग्यास व्यवसायीहरुको सहभागीता रहेको थियो ।