logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थ श्रमजिवी पुरस्कार रायमाझीलाई


    १० माघ २०७३ , सोमबार

    सिद्धार्थ श्रमजिवी पुरस्कार रायमाझीलाई

    भैरहवा,माघ १० । सिद्धार्थ नगरपालिकाद्धारा स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारीता पुरस्कारबाट रासस का सिद्धार्थनगर संवाददाता कमल रायमाझी पुरस्कृत भएका छन् ।


    नगरपालिकाद्धारा स्थापित तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा प्रत्येक बर्ष बितरण हुदै आएको उक्त पुरस्कार २०७२ रायमाझीलाई प्रदान गरीएको हो ।
    नगरपालिकाले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट सार्वजनीकी करण समारोहमा सोमबार भैरहवामा पत्रकार रायमाझीलाई ५ हजार नगद सहित उक्त पुरस्कार प्रदान गरीएको हो ।
    पत्रकार रायमाझी राससका अतिरिक्त लुम्बिनीखबर पत्रिकाका सह सम्पादकको रुपमा विगत एक दशक देखि पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका छन् । सो पुरस्कारकोलागी नेपाल पत्रकार महासंघले अग्रज पत्रकार नारायण सापकोटा संयोजक, प्रा.डा. गितु गिरी र दिपक घिमिरे सदस्य रहेको मूल्यांकन समिती गठन गरेको थियो । सोही समितीले सिफारिश गरेको आधारमा रायमाझीलाई पुरस्कृत गरिएको थियो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.