कमल रायमाझी
भैरहवा, फागुन ६ । कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी बुटवलले कोरियन खाना महोत्सव तथा कम्प्युटर कम्पिटिसन दुई दिने कार्यक्रम आयोजना गरेको छ ।

इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरु, कर्मचारी, शिक्षकहरु तथा पत्रकारहरुलाई सहभागी गराईएको खाना महोत्सवले दक्षिण कोरियाको संस्कृति झल्किने टिपिकल दक्षिण कोरियन खानाको व्यवस्था गरिएको थियो ।

महोत्सवमा अंकुर नेपालका निवर्तमान अध्यक्ष गंभिर गुरुङ, कोरियामा रोजगार गरी फर्किएका डिबी कार्की तथा स्थानीयहरुको समेत सहभागिता रहेको खाना महोत्सवले नेपालीहरुलाई दक्षिण कोरियामा खाइने विभिन्न प्रकारका खानाहरु भोजन गराइएको कोरिया नेपाल इन्स्टिच्युट अफ रुपन्देहीका सिनियर सल्लाहकार चान्को लीले जानकारी दिए ।

बिहीबार र शुक्रबार सम्म संचालन हुने यो महोत्सवमा कोरियन खानाका साथै कम्प्युटर कम्पिटिसनको समेत व्यवस्था गरिएको कोरिया नेपाल इन्स्टिच्युट अफ रुपन्देहीका सल्लाहकार किम ह्युजीले बताए ।

कम्प्युटर कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार व्यवस्था समेत गरिएको छ ।

सन् २०१०मा स्थापना भएको यो इन्स्टिच्युटमा प्राविधिक शिक्षा अन्र्तगत डिप्लोमा लेभलको अटोमोबाइल, इलेक्ट्रिक, इलेक्ट्रोनिक र मेकानिकल ईञ्जिनियर अध्यापन गराइने इन्स्टिच्युटका सहायक प्रिन्सीपल लाल वहादुर बस्नेतले वताए ।
