logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुपन्देही २ बाट खेलाडी छनौट


    १५ फाल्गुन २०७३ , आइतबार

    रुपन्देही २ बाट खेलाडी छनौट

    ्    लुम्बिनीखबर
    भैरहवा, फागुन १५ ।यहि फागुन १७, १८ र १९ गते रुपन्देहीको बेलबास स्थित जवही खेलमैदानमा हुने नवौँँ राष्टपति रनिड्ड सिल्ड अन्तर विद्यालय प्रतियोगिताकोलागी रुपन्देही क्षेत्र नम्बर २ बाट खेलाडिहरु छनौट भएका छन् ।


    भैरहवाको सिद्धार्थ रंगशालामा  सुरु भएको छनौट प्रतियोगीताको विभिन्न खेलको फाइनल छनौट प्रतियोगीताबाट खेलाडिहरु छनौट भएको प्रतियोगिता संयोजक उमा अधिकारीले जानकारी दिइन् । जिल्ला खेलकुद विकास समिती रुपन्देही सदस्य समेत रहेकी अधिकारीले भनिन “ नवौँँ राष्टपति रनिड्ड सिल्ड खेल प्रतियोगिताकोलागी जिल्लाभरीका विद्यालयहरुबाट खेलाडी छनौट गर्ने काम सम्पन्न भएको छ । जिल्लाको सबै क्षेत्रबाट छनौट भइ आएका खेलाडीबिचको प्रतिसपर्धाबाट जिल्लाको टिम तयार हुनेछ । ”

    क्षेत्र नम्बर २ मा भएको फाइनल खेलमा भलीबल छात्र तर्फ आर्दश विद्या मन्दिर भैरहवालाईे हराउदै  प्युचरलाईट बोडिङ स्कूल भैरहवा, छात्रा तर्फ सि.वि. पब्लीक हाई स्कूललाई हराउदै आदर्श विद्या मन्दिर भैरहवा छनौट हुन सफल भएका छन् ।

    त्यस्तै कबड्डी खेलमा छात्र तर्फ मिनर्वा बोडिङ स्कूल पड्सरीलाई हराउदै मुनलाईट उ.मा.वि.भैरहवा, छात्रा तर्फ आर्दश विद्या मन्दिरलाई हराउदै अमरज्योती इङिलस बोडिङ स्कूल भैरहवा छनौट भएकोे छ ।

    यसैगरी एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उस्सुका खेलहरुबाट पनि खेलाडीहरु छनौट गरीएको  प्रतियोगीताका संयोजक अधिकारीले जानकारी दिइन । पछिल्लो समय सरकारले विद्यालयस्तरको खेलकुदलाई प्राथमिकतामा राखी खेल अभियान नै चलाए अनुसार विद्यालय तहबाट खेलाडी छान्दै गएको जिल्ला खेलकुद विकास समिती रुपन्देहीका कार्यलय प्रमुख संगम सिंह थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.