logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    दुर्गा तिवारीको स्मृतिमा फुटबल जारी


    ८ बैशाख २०७४ , शुक्रबार

    दुर्गा तिवारीको स्मृतिमा फुटबल जारी

    लुम्बिनीखबर
    भैरहवा, बैशाख ८ । शहिद दुर्गा तिवारीको स्मृतिमा पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एमाले नेता तथा सिद्धार्थनगरका एमालेको तर्फबाठ मेयर पदका उमेदवार हरिप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए ।

     

    ५ नम्बर प्रदेश टुक्राउन हुँदैन भनेर शान्तिपुर्ण आन्दोलनको नेतृत्व गरिरहेको बखत सहादत प्राप्त गरेका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा राखिएको प्रतियोगितामा जिल्लाका १६ वटा क्लबले भाग लिएको प्रतियोगिताको संयोजक प्रविन गौडेलले जानकारी दिए ।

    एक्सपर्ट एजुकेशन कन्सलट्यान्सी बुटवलले मुख्य प्रायोजन गरेको खेलको संयोजन अनेरास्ववियु  पक्लिहवा कृषि क्याम्पसले गरिरहेको छ । बैशाख १६ गते सम्म सन्चालनमा आउने प्रतियोगितामा प्रथम हुनेले ५० हजार र द्वितीय हुनेले ३० हजार नगद तथा शिल्ड र प्रमाण पत्र पाउने आयोजक अनेरास्वियु पक्लिहवा कृषि क्याम्पस अध्यक्ष नीसीम भुसालले जानकारी गराए ।

    नाम चलेका राष्ट्रिय स्तरका खेलमा सहभागी खेलाडीहरुको समेत सहभागीता रहेको उक्त प्रतियोगिता प्रत्येक दिन सांझ ४ बजेदेखी सन्चालन भइरहेको र प्रतियोगिता हेर्न उत्साहवद्र्धक सहभागीता रहेको आयोजक उत्सव पाण्डेले जनाए ।

     


    इन्जर्डलाई चार १ ले हराउदैं भैरहवा क्याम्पस विजयी
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पक्लिहवा कृषि क्याम्पसको आयोजनामा मंगलबारदेखी सन्चालनमा आएको सहिद दुर्गा तिवारी स्मृति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भैरहवा बहुमुखी क्याम्पस विजयी भएको छ । बुधबार पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा भैरहवा बहुमुखी क्याम्पसले इन्जर्ड ११ लाई ४ ः १ ले हराउदै ं क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    भैरहवा क्याम्पसकोलागी सेकेन्ड हाफमा ६ नम्बर जर्सिका प्रीतम गुरुंगले पहिलो गोल हानेका थिए । त्यसपछि ११ नम्बर जर्सीका इन्द्र थापा, ८ नम्बर जर्सिका प्रशान्त भण्डारी, १५ नम्बर जर्सीका अर्जुन गुरुंगले १÷१ गोल गरेका थिए । जवाफमा इन्जर्ड ११ का ६ नम्बर जर्सीका कालु थापाले खेल समयको अन्तिम २ मिनेटमा एक गोल गरेपछि क्लबको सम्मानजनक हारमा पु¥याएका थिए ।

    पहिलो हाफमा शून्य शून्य भएको उक्त खेलमा दोस्रो हाफ भने रोमान्चक रहेको थियो । भैरहवा बहुमुखी क्याम्पसको टोली क्याप्टेन इन्द्र थापाको नेतृत्वमा फिल्डमा उत्रेको थियो । उक्त क्याम्पसको टिमको म्यानेजर सरोज ठकुरी र कोच भिम भण्डारी रहेका थिए भने इन्जर्डको टिम क्याप्टेन निकेश पुन रहेका थिए । भोलीको खेल खुकुरी युवा क्लब बेलहिया र दुर्गा युवा क्लब चिलीयाबीच हुने आयोजक अनेरास्ववियु क्याम्पस कमिटी पक्लिहवाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.