logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विद्यार्थीलाई करियर काउन्सिलङको आवस्यकता


    २५ असार २०७४ , आइतबार

    विद्यार्थीलाई करियर काउन्सिलङको आवस्यकता

    अभिभावकको निगरानीमा छोराछोरि पढाउदा राम्रो
    कमल रायमाझी
    भैरहवा,असार २५ । अहिले स्कुल कलेज देखी विभिन्न प्राबिधिक शिक्षालयमा विद्यार्थी भर्नाको समय चलिरहेको छ ।
    शैक्षिक प्रतिष्ठानहरुले विद्यार्थीहरुलाई व्यापारिक बस्तुको रुपमा आफु प्रति आर्कषित पारिरहेका हुन्छन् ।


    विद्यार्थीहरु र अभिभावक अरुको लहडमा शैक्षिक संस्थाहरु छनोट गर्दा नया पुस्ताको भविष्य तहस नहस हुने सम्भावना बढि देखिन्छ ।


    विद्यार्थीहरुले आफनो भविष्य कता लैजाने भन्ने विषयमा थुप्रै अन्यौलता समेत नेपालमा पाईन्छ । सुझाव दिने संस्थाहरु समेत व्यापारिक मनोवृदीका हुदा सहि करियर काउन्सिलिङ नभएको देखिन्छ ।


    कक्षा १० सम्मको शिक्षा पुरा गरिसकेपछि त्यस भन्दा माथीको शिक्षा अध्ययन गर्नका लागि कुन विषयको क्षेत्रमा अध्ययन गर्दा उचित होला भन्ने अलमलको अवस्था र सही गन्तव्य कुन हुन सक्छ भन्ने विषयमा करियर काउन्सिलिङ नेपालको आवस्यकता देखिन्छ ।


    अहिलेका अभ्यास जुन विद्यालयमा विद्यार्थीले कक्षा १० सम्म अध्ययन गरेयो । त्यही विद्यालयमा माथिल्लो कक्षामा पनि अध्ययन गर्नुपर्ने सोचका साथ सल्लाह र परामर्श दिएको पाईन्छ ।
    विद्यार्थीहरुले अन्तरनिहित क्षमता, रुचिको विषयमा अध्ययन गराउने तिर कम मात्र सोचिएको मनोवृदीले नेपालका धेरै विद्यार्थीहरु कक्षा १० पछि अध्ययन गर्ने विषयमा सफलता नभएर पढाई विचमा छोडनु पर्ने वाध्यता पनि छ ।


    जसले गर्दा जवरजस्तरुपमा वाध्य पारिएको व्यापारिक शैक्षिक सल्लाह र साथी भाईहरुको लहडमा छनोट गरिएको शिक्षाले भविष्यलाई अलमल पारिदिन सक्ने भएकर विद्यार्थी तथा अभिभावकहरु समयमा नै सहि स्कुल कलेज रोज्नुपर्ने हुन्छ ।
    संस्थागत विद्यालयहरुले पोष्टर, पम्प्लेट, पर्चा छपाइ गरी वितरण गर्ने, पत्र पत्रिका र टेलिभिजनमा विज्ञापनहरु दिने, स्कूल र कलेजहरुको अगाडि विभिन्न प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने गरेको पाइन्छ ।


    प्रचार अनुसारको प्रध्यापन र सुविधा यस शैक्षिक संस्थामा भए नभएको कुरा समेत विद्यार्थी तथा अभिभावकले रुजु गर्नु पर्दछ । रुजु गर्दा व्यवस्थित ढंगले प्रध्यापन हुने शैक्षिक संस्था, आफ्नो रुचि, चाहना, आत्मविश्वास, र संक्षमता हाशिल गर्न सक्ने विषय छनोट गरेर अध्ययन गर्दा सुन्दर भविष्यको परिकल्पना गर्न सकिन्छ ।


    स्कुल कलेजहरुका अध्ययन अध्यापनका लागि आधारभूत भौतिक पुर्वाधार, मानवीय र सुचना तथा प्रविधि सहितको व्यवस्था समेत हुन पर्दछ । विद्यार्थीहरुका लागी सहक्रियाक्लाव र अतिरिक्त क्रियाक्लवामा समेत ध्यान दिनुपर्ने शिक्षाबिदहरुल वताउने गरेका छन् ।
    स्कुल कलेजहरुले विद्यार्थीहरुलाई अङक वढी आउने किसिमको शिक्षा दिईरहेका भन्दै यो गलत र जिवन उपयोगी नभएको शिक्षाविदहरुको भनाई रहेको छ । उनिहरुले जिवन उपयोगी संक्षमता प्राप्त गर्ने सक्ने शिक्षा आजको आवस्यकता भएको सुझाव दिएका छन् ।


    शिक्षाविदहरुले स्कुल, कलेज र प्राविधिक शिक्षालयको छनोट गर्दा शुल्क,छात्रबृत्ति, सुविधाहरु के कस्ता छन् भन्ने विषयमा समेत विद्यार्थीहरुले बुझन आवस्यक रहेको वताउछन् । विद्यार्थी भर्नाको आधार, अध्यापन गराउने शिक्षकको योग्यता, सरकारी अनुमती पाए नपाएको जस्ता कुरामा आफुले अध्ययन गर्ने स्कुल कलेजको वारेमा सोच्नुपर्ने देखिन्छ ।


    शिक्षाविद प्रा.डा. गितु गिरिले अध्ययन पश्चात विक्रि हुने जनशक्ती नेपालमा आवस्यक रहेको वताउदै कोरा शिक्षा अध्ययन गर्न भन्दा रोजगार मुलक र प्राविधिक शिक्षामा ध्यान दिनुपर्ने वताउँछन् ।
    उनले नेपालमा अहिले पर्यटन तथा होटल म्यानेजम्यान्ट, कृषि, टेक्निकल शिक्षा, आर्थिक उर्पाजन र समाजविकासको शिक्षामा राज्यले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राज्यले एकेडेमिक शिक्षा र ननएकेडेमिक शिक्षालाई बर्गिकरण गरी देशले मागेको शिक्षा दिने शैक्षिक परामर्शदाता र संस्थाहरुको स्थापनामा सरकार लाग्नुपर्ने प्रा.डा. गिरिको भनाई रहेको छ ।
    विद्यार्थीहरुको क्षमता र रुचीलाई मध्यनजर गरेर काउन्सिलिङ आवस्यक देखिनछ । अहिले नेपालका विद्यार्थीहरु र अभिभावकहरु कोरा विज्ञापन, व्यापारिक परामर्श र संगै पढेका साथी भाईहरुलाई छोड्न नसकेर एउटै शैक्षिक संस्थामा अध्ययन गर्ने प्रचलनले भबिष्यको सहि निणर्य गर्न नसकेको जानाकारहरु बताउछन् ।
    शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा कसरी तान्ने भन्ने जुन किसिमको अस्वस्थ प्रतिस्पर्धाको अभियानको भिडमा विद्यार्थीहरु सही गन्तव्य पहिचानमा अलमल परेको वताउदै त्रिभुवन विश्वबिद्यालयका सहप्रध्यापक उमेशचन्द्र रिजालले विद्यार्थीहरु स्कुलको राम्रो भवन देखेर, विज्ञापन राम्रो देखेर, युनीफर्म राम्रो देखेर शैक्षिक संस्था रोज्नु भन्दा आफ्नो रुचि, चाहाना र क्षमता अनुसार अध्ययन गर्न सक्ने विषय पढाई हुने स्कुल कलेज रोज्न सुझाब दिन्छन् । उनले आजको आवस्यकता नेपाली माटो सुहाउने शिक्षा र नैतिकताका विषयमा समेत शिक्षण संस्थाहरुले प्रध्यापन गराउनु पर्ने वताउछन् ।
    जिल्ला शिक्षा कार्यालय रुपन्देहीले पनि विद्यार्थीहरुको क्षमता, रुचिको विषय र गुणस्तरिय शिक्षाको विषयमा परामर्श सहिरुपमा हुन नसकेको स्विकादै अवका दिनमा राज्यले काउन्सिलिङको क्षेत्रमा पनि सोच्नुपर्ने वताएको छ ।
    सवै कलेज तथा शैक्षिक संस्थाहरु वेवसाईट सिस्टममा गएमा घरमै बसेर अभिभावक र विद्यार्थीहरुले बुझन् सक्ने भन्दै संस्थागत सिस्टमलाई बिकास गर्न आफुहरु लागेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

    विद्यार्थीहरुलाई स्कुल कलेजको भुमिका जति महत्वपुर्ण हुन्छ । त्यो भन्दा धेरै भुमिका अभिभावकको हुनुपर्दछ । स्कुल कलेजमा विद्यार्थीहरुले ६ घण्टा मात्र बिताउछन् भने वाकी रहेको १८ घण्टा आफ्ना अभिभावक संग विताउने गरेका छन् । यस्तो अवस्थामा आफ्ना छोराछोरीको चाहाना क्षमता र रुचीको विषयमा समेत अभिभावकले मुल्याङकन गर्नु पर्दछ ।
    पढाई स्तर र शैक्षिक संस्थाको गुणस्तरियतामा ध्यान दिदै कक्षा १२ सम्म आफ्नो निगरानीमा राखेर अध्ययन गराउदा सफलता तिर पुग्न सकिने मनोबिद रमेश कोइराला बताउछन् । क्षमता र रुचीको स्कुल कलेजको छनोट गर्दा पनि स्थानिय क्षेत्रमा गर्दा सधै आफ्नो वालवालिकाको वारेमा बुझ्न जान सकिने तथा उनिहरु गलत संगतमा बरालिएको भएपनि थाहापाउन सकिने मनोविद कोईरालाको भनाई रहेको छ ।
    बस चढाएर घर भन्दा टाढा पठाउदा र आफ् भन्दा टाढा राखेर पठाउदा पारिवारिक संरचना र व्यवहारिक समस्या बुझन् नसक्ने छोरा छोरि हुने भएकाले सानो र यौवन अवस्था अभिभावकले संगै राख्नुपर्ने समेत बिज्ञहरु वताउछन् ।
    टाढा बस चढाएर पठाउदा पनि अध्ययनमा असर पर्ने जादा र आउदा नै विद्यार्थीहरु थाक्ने अभिभावकले पनि निगरानी गर्न नसक्ने हुनाले स्थानिय क्षेत्रमा अध्ययन गर्न समेत आवस्यक रहेको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.