लुम्बिनीखबर
भैरहवा, असोज २९ । तिराक तेक्वान्दो संघ थाइल्याण्डको आयोजनामा आयोजना हुने सातौँ अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भैरहवाका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही कार्तिक ३ र ४ गते बैंककमा सम्पन्न हुने प्रतियोगितामा भैरहवाका ३ खेलाडीहरु आर्यन पौडेल, अजित गुप्ता तेली र विनोद थापा सहित अन्य २० जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पौडेलले १४ वर्ष मुनिको ३३ देखि ३७ केजी तौल समूहको गेरुगी (स्पायरिङ्ग) मा र एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै गुप्ताले १४ वर्ष मुनितर्फ ४१ देखि ४५ केजी गेरुगी (स्पायरिङ्ग) मा र एकल पुम्सेमा र थापाले सिनियरतर्फ ७४ केजी मुनि गेरुगीमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रकाशमान राजभण्डारीले बताए ।
साथै प्रतियोगितामा सहभागी हुने अन्य खेलाडीहरुमा पुरुषतर्फ ललित बुढा, डेबिड थापा कला, जयदेव पौडेल, सागर बराल, शुलभ सीमखाडी, टार्जन कायत मगर, उज्जवल श्रेष्ठ, भुमिश्वर भुषाल, विकाश कुमाल, दिपम थकाली, दिपेश गुरुङ्ग, दिपेन्द्र बहादुर नेपाली रहेका छन् ।
त्यस्तैगरी महिला खेलाडीहरुमा जेस्मीन गुरुङ्ग, नरमाया गुरुङ्ग, मनकुमारी गुरुङ्ग, मेरिना गुरुङ्ग, पार्वती गुरुङ्ग, रेखमाया गुरुङ्ग, सन्ध्या थापा र दिपशिखा गुरुङ्ग रहेका छन् ।
प्रतियोगितामा टिम व्यवस्थापकमा मिरा थापा र टिम अफ हेडमा तेक्वान्दो प्रशिक्षक रोश खान र टिम प्रशिक्षकमा रुपन्देहीका तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारी र राजकुमार पाण्डे समेत त्यसतर्फ जाँदैछन् ।
प्रतियोगितामा नेपाल सहित जापान, भारत, भुटान, बर्मा, मलेसिया, बंगलादेश, श्रीलंका, कोरिया, इण्डोनेसिया एवं आयोजक थाइल्याण्ड लगायतका देशहरुको सहभागिता रहनेछ ।