logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    साईग्लोबल एकेडेमीको उकृष्ट नतिजा


    १४ असार २०७५ , बिहिबार

    साईग्लोबल एकेडेमीको उकृष्ट नतिजा

    लुम्बिनीखवर बिशेस व्युरो
    साईग्लोबल एकेडेमी बाट यस बर्षको एसईई परिक्षामा सहभागी ७० जना बिद्यार्थी सबैले उकृष्ट नतिजा ल्याउन सफल भएका छन । सहभागी मध्ये ३.६ जिपिए भन्दा माथी ५ जना,३.२ जिपिए भन्दा माथी ८ जना, २.८ जिपिए भन्दा माथी २५ जना, २.४ जिपिए भन्दा माथी २२ जना र २ जिपिए ल्याउने ६ जना रहेका छन । जसमा सागर चौधरीले ३.७५ जिपिए ल्याएर उकृष्ट भएका एकेडेमीको सुचना शाखाले जनाएको छ ।


    ईतिहास देखी बर्तमान सम्म साई ग्लोबल
    २०३८ सालमा सिद्धार्थ बिश्वज्योती बोर्डिड स्कुलमा नाममा स्थापना भएको यो एकेडेमी २०६५ सालमा साईग्लोबल कलेज   नाममा स्थापना गरिएको हो । २०६७ सालमा यसले बिभिन्न परिवर्तनशिल कार्यहरु गर्दै भैरहवा क्षेत्रको अव्बल कलेजको रुपमा दर्ज भयो । साईग्लोबल स्थापानाकाल देखीनै शैक्षिक क्षेत्रमा उकृष्ट हुदै आएको छ । हाल साईग्लोबलमा १७ सय बिद्यार्थी अध्यन गर्छन भने शिक्षक शिक्षिका र कर्मचारी गरी करीब एक सय जना कार्यरत रहेको प्रिन्सिपल दिपेश भटराईले जानकारी दिए । स्नातक तह सम्म ब्यबस्थापन र बिज्ञान सँकायमा अध्ययन भईरहेको एकेडेमीमा भविश्यमा स्नाकोत्तर तहका संकायहरु थप गर्ने प्रयास भईरहेको प्रिन्सिपल भटराईले बताए ।

    साई ग्लोबललाई उकृष्ट बनाउछै
    हरि थापा अध्यक्ष
    महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनीको प्रबेषद्धार सिद्धार्थनगरमा स्थापित हाम्रो कलेज साइग्लोबल हो । यो भैरहवाको नेतृत्व गर्ने ठुलो कलेज पनि हो । शैक्षिक क्षेत्रमा समेत यहाँको समाजलाई परिवर्तन गर्ने संकल्पमा हाम्रो कलेजले अभियान सुरु गरेको छ । साईग्लेबल लाई अब हामी शिक्षा क्षेत्रमा यस क्षेत्रकै उकृष्ट बनाउछौ । आधुनिक पारिवारिक बातावरणमा अध्यापन गराउछौ । चाडैनै आधुनिक डिलक्स कक्षा कोठा बनाएर प्रोजेक्टर मार्फत अध्ययन गराउछौ । शुन्य लेबल बाट बिद्यार्थीलाई अनुसाशन सिकाउछौ । ब्यबस्थापन पक्षलाई चुस्त दुरुस्त बनाएर बिज्ञान संकायलाई यस क्षेत्रकै उकृष्ट बनाउने योजनामा छौ । भैरहवामा प्रयाप्त पूर्वाधार र गुणस्तरिय शिक्षा हुदा हुदै अन्यत्र जानु स्वयम बिद्यार्थी र अभिभावकलाई निकै हानी भएको बिगतमा भएका केही घटनाले पनि पुष्टी गर्दछ । अर्काे नेपालकै उकृष्ट शिक्षक शिक्षिका भैरहवाका बिद्यालय कलेज आएर अध्यापन गराउनु हुन्छ । तर भैरहवाका बिद्यार्थी भने बाहिर जानु उचित छैन । यो कुरा अभिभावकले समयमै बुझ्न एकदम जरुरी छ । भैहरवा बाट बाहिर अध्ययन गर्न जादा समय र पैसा धेरै खर्च हुने भएकाले यस सबैले बिचार पुराउनु जरुरी छ । हामी शिक्षालाई पहिलो प्राथामिकतामा राखेर अगाडी बढेका छौ । जसका कारण आज हाम्रो कलेज भैरहवाको नेतृत्व गर्ने कलेजका रुपमा रहेको छ । हामीले शिक्षा क्षेत्रको विकास लाई व्यवस्थित गर्नका लागी स्थानिय सरोकार तथा नागरिक समाज, पत्रकार तथा बुद्धिजिविहरु संग समेत छलफल र सुझाव लिने गरेका छौ । कलेजले शिक्षाको उत्कृष्टताको लागी सबै संगको सहकार्यलाई जोड दिने गरेको छ ।
    २१ औ सताव्दीको भुमण्डलीकरणको प्रभावले विज्ञान र प्रविधिको विकासमा ठुलो प्रतिस्पर्धा बढेर गएको छ । जो संग हाम्रा कलेजका बिद्यार्थीहरुलाई सहजरुपमा सफल हुने शिक्षा प्रदान गरिएको छ ।सुचना र सञ्चारको माध्याम बाट समेत हामीले भैरहवा क्षेत्रको शिक्षालाई स्थानिय स्तरमा पुराउने प्रयास गरेका छौ । विश्व समुदायहरुको अभियान “सवैका लागि शिक्षा ” भन्ने नारालाई समेत हामीले ख्याल राखेका छौ ।

    प्रवन्ध निर्देशक
    महेश भुर्तेल
    शिक्षामा गुणस्तरियता प्रदान गर्नका लागी स्थापना भएको साईग्लोबल एकेडेमीले भैरहवा क्षेत्रमा लामो समय व्यथित गरेको छ ।“ आफ्नो ठाउ आफै बनाऔ” भन्ने मान्यता राख्ने हाम्रो कलेजले नेपालको शैक्षिक इतिहासमा समेत ठुलो योगदान पुराएको देखिन्छ । हाम्रो शैक्षिक पद्धती भनेकै उत्कृष्टता र गुणस्तरियता हो । यसका लागी कलेजले दक्ष जनशक्तीका माध्याम बाट पठनपाठनलाई जोड दिने गरेको छ । एकेडेमीलाई सुविधा सम्पन्न भौतिक पुर्वाधारको विकास, आधुनिक प्रविधि, स्वस्थ तथा शान्त वातावरणमा शैक्षिक सेवा प्रदान गर्दै आईरहेको छ । कलेजले बिद्यार्थीलाई व्यवहारिक र सामाजिक क्षेत्रमा घुलमिल हुने वातावरण समेत अतिरिक्त क्रियाक्लाबका माध्याम बाट गराउने गरेको छ । कलेजमा बिद्यार्थीहरुका लागी आधुनिक पुस्तकालय देखी सुविधा सम्पन्न सेमिनार हलको समेत व्यवस्था रहेको छ । भैरहवा क्षेत्र रुपन्देहीको उत्कृष्ट शैक्षिक हवको रुपमा बिकास हुदै गर्दा केहि अभिभावक भने यहाँ वाट छोराछोरि बाहिर पठाउने गरेको छन् । जसका कारण विभिन्न कारणले उनिहरुले चाहै जस्तो शिक्षा पाउन सक्दैनन् । यसमा समेत अव यहाँका शैक्षिक व्यक्तित्वहरुले सोच्न आवस्यक रहेको छ ।


    भैरहवा अब शैक्षिक हब बन्छ
    दिपेश भटराई प्रिन्सिपल
    साई ग्लोबल सिद्धार्थनगरमा छुटै बिषेशता बोकेको बिद्यालय र कलेज हो । बिद्यालय कलेज थुप्रै होनहार बिद्यार्थी उत्पादन गरेको छ । यहाँको विकासमा शिक्षाका साथै अन्यक्षेत्रमा समेत लगानी हुनु आवस्यक हामी देख्दछौ । यहाँका अभिभावकहरुले समेत उच्च शिक्षाका लागी घरवाट टाढा बच्चाहरु पठाउनु भन्दा घर नजिकका गुणस्तर शिक्षा दिने स्कुलहरुमा बिद्यार्थीहरुलाई पढाउनु पर्दछ । क्षणिक रमाईलोका लागी बिद्यार्थीहरु भैरहवा बाट बाहिर गईरहेका छन । यो सबैको लागी चुनौतिको बिषय बनेको छ । यस तर्फ स्वयम बिद्यार्थी र अभिभावकले गम्भिर भएर सोच्न आवश्यक छ । अभिभावकले शिक्षाको महत्वलाई बुझेर घर भन्दा टाढा आफ्नो छोराछोरी पठाउन भन्दा स्थानिय कलेजहरुमा पढाउनु पर्दछ । साईग्लोवल एकेडेमीले दिने शिक्षा नेपालमै गुणस्तरिय छ । एकेडेमीले निकट भविश्यमा सिटिभिटि , मन्टेश्वरी तथा प्रविधियुक्त कक्षाहरु सँचालन गर्नै तयारी गरिरहेको छ । भैरहवा क्षेत्रमा उत्कृष्ट शिक्षा दिईरहेको हाम्रो कलेजले अझ गुणस्तरिय शिक्षा प्राथामिकतामा राखेर अगाडी बढेको छ । कलेजले व्यक्तित्व विकास, नेतृत्व विकास , क्षमता तथा आत्मविस्वास वृद्धी गर्न समेत अतिरिक्त क्रियाक्लाबल गराउने गरेको छ । सिकाई प्रकृयालाई सहज र सरल गर्न प्रयोगात्मक शिक्षण पद्धतीका हाम्रो एकेडेमीले अपनाउने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.