–
गएको शुक्रबार साउदीको जर्मन अस्पतालमा समबहादुर मगर दुई महिनादेखि अलपत्र भन्ने शिर्षक रहेको समाचार पढेँ । साउदी जर्मन अस्पताल म बसेको ठाउँदेखि झन्डै १५–२० किलोमिटर टाढा पर्छ । केही कारणबस शुक्रबार नै सो अस्पताल जान सकिनँ । हिजो शनिबार अफिस सकाएर अस्पताल गएँ ।साउदी जर्मन अस्पतालको रिसिप्सनदेखि सोधपुछ गर्दै समबहादुर मगरलाई राखिएको आइसियुमा पुगेँ । उनलाई आइसियु –०६ मा रखिएको रहेछ। समबहादुर अचेत अवस्थामा थिए । उनलाई ३–४ पटक बोलाएँ। तर, कुनै रेस्पोन्स दिन सकेनन्, उनले । समबहादुर २१ मार्चदेखि नै कोमामा रहेछन । उनको उपचारमा अस्पतालले कुनै कमि नगरेको मैले भेटाएँ ।
समबहादुरलाई पटक–पटक बोलाउदा पनि उनि नबोले पछि नजिकै बसेको एक जना नर्ससँग उनको बारेमा सोधपुछ गरेँ। नर्सले समबहादुरलाई उपचार गर्ने डाक्टरसँग मात्र थप जानकारी लिन सकिन्छ भन्ने जवाफ दियो । उनको उपचारको लागि डा। मोहमद आदेल यिहिया खटेका रहेछन् ।
डा। मोहमदसँग भेट भयो उनको कार्यकक्षमा । समबहादुरबारे सबै जानकारी प्राप्त भयो । समबहादुर गत २१ मार्चको राती १० बजेर २२ मिनेटमा अस्पताल भर्ना भएको देखियो । समबहादुरको दिमागमा गम्भीर असर परेको देखिन्छ । खोइ, के कारणले समबहादुरको दिमागमा गम्भीर चोट पर्यो, त्यस बारे वास्तविक बताउने मान्छे कोहि नभएकोले उनको दुर्घटनाको कारण यहाँ प्रष्ट्याउन सकिएन । यद्धपि, उनी शौचालयमा लडेर दुर्घटना भएको भन्ने समाचारमा मात्र सुनेँ ।
उपचारमा संलग्न चिकित्सक पनि दुर्घटनाबारे अनविज्ञ रहेछन । समाचारमा बाहिर आए जस्तो नै हो भन्न सकिएन । कारण दुर्घटना कसरी घटेको थियो र कसले अस्पताल पुर्याएको थियो भन्ने जानकारी गराउने व्यक्ति नै पत्ता लगाउन सकिएन ।
डा। मोहमदका अनुसार समबहादुरको तीन पटक सर्जरी गरिसकिएको छ । समबहादुरको घटना हुँदा दिमागमा गम्भीर असर परेकोले उनको होस कहिले आउने ठेगान नभएको उनले बताए ।
उनको उपचारको लागि भर्ना गरिएको दिनदेखि ३० अप्रिलसम्मको जम्मा खर्च २ लाख ७३ हजार ५ साउदी रियाल अथवा ७९ लाख नेपाली रुपैयाँ भन्दा बढी बिल देखिएको छ ।
समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा। मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् ।

समबहादुरको उपचार खर्च कसले बेहोरिरहेको छ भनेर मैले डा। मोहमदलाई सोधेँ । उनले यसबारे धेरै खुल्न चाहेनन् । अस्पतालको एडमिशन शाखामा गएर बुझ्नु भने । उनको सुझाव अनुसार अस्पतालको एडमिशन शाखामा गएँ । समबहादुरको दर्ता न। ३ ३८४२४९ रहेछ । एडमिशन शाखाको एक कर्मचारीले उनको फाइल हेरे । हिजोको दिनसम्म सबै उपचार खर्च उधारोमा गरिएको रहेछ ।
समबहादुरले काम गर्ने कम्पनीले उनको लागि अल–इतिहाद बीमा कम्पनी ९रियाद० मा स्वास्थ्य बीमा गरेको देखियो । तर, सो बीमा कम्पनी अहिले इनएक्टिव अथवा निस्कृय रहेको देखिन्छ । सो बीमा कम्पनी टाट पल्टिएको हुनसक्छ भन्ने अस्पतालको बुझाई छ । तर, अस्पतालले उपचार खर्च बापत एक पैसा पनि प्राप्त नगर्दा पनि समबहादुरको उपचारमा कुनै कमि नगर्दा मानवीयता सो अस्पताल र उपचारमा संलग्न डा। मोहमदमा रहेछ, भन्ने बुझियो ।
समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा। मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् ।
त्यो कागज देखेर म चकित परेँ । समबहादुरको लागि यति धेरै खर्चको जिम्मेवारी डा। मोहमदले किन लिए रु पुनः डा। मोहमदलाई भेट्न चाहेँ । मैले उनलाई धन्यवाद दिए ँ। उनले मेरो आसय बुझेछन् क्यारे । समबहादुरले काम गर्ने कम्पनीलाई भनेर बीमा कम्पनीलाई यो सबै जानकारी गराउनुस् भनि मलाई आग्रह गरेँ ।