logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बलिराजा मार्गका उद्धघाटन


    ४ जेष्ठ २०७६ , शनिबार

    बलिराजा मार्गका उद्धघाटन

    कमल रायमाझी
    पाल्पा, ४ जेठ । पश्चिम पाल्पामा रहेको बलिराजाको दरवार जाने मोटर बाटोको शुक्रवार उद्धघाटन गरिएको छ ।
    रैनादेबि छहरा गाउँपालिका वडा नम्बर ७ बल्ढेङगढीमा रहेको बलिराजाको दरवार सम्म जाने मोटर बाटो उद्धघाटन गरिए पछि स्थानियहरुमा खुसियाली छाएको छ ।
    गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले मोटर बाटोको उद्धघाटन गर्दै ऐतिहासिक महत्व बोकेको बलिराजाको दरवार क्षेत्रको बिकासमा आफुले सक्दो प्रयासको थालनी गरेको बताउदै आगामी बजेटमा खानेपानी तथा मोटर बाटोको स्तरउन्नती र बिद्युतको लागी सहयोग पुराउने बताए ।
    उनले बिश्वको नजरमा हिमाल र लुम्बिनी देखिने नामले समेत परिचित भैसकेको बल्ढेङगढीले पर्यटन पर्वधनमा समेत सहयोग पुराउने भएकाले यहाँको बिकासमा गाउँपालिका अग्रसर भएको बताए ।
    पाल्पाको तानसेन देखी ४७ किलोमिटर पश्चिम रहेको बलिराजाको दरवार सम्म जानका लागि जुठापौवा देखी बल्ढेङगढी हुदै मौलाडाडा सम्मको २ किलोमिटर कच्चि सडक करिब १० लाखको लागतमा खनिएको हो ।
    सडक खनिए पनि अव दक्षिणमा सालझण्डी देखी सिधै बलि राजाको दरवार सम्म जाने बाटो खोलिएको छ । तानसेन देखी जुठापौवा हुदै बलिराजाको दरवार सम्म जानका लागि समेत मोटर बाटोले सहजता थपेको देखिन्छ । तराई बाट जाने मानिसका लागी बलि राजाको दरवार सम्म जान यो मोटर बाटो सालझन्डी देखी १६ किलोमिटर दुरीमा रहेको छ ।
    बाटोको उद्धघाटन कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र पुनले आगामी दिनमा मगर राजाको इतिहास बोकेको बल्ढेङगढीको बिकासमा वडापालिकाले गुरुयोजना तयार गरेर बिकास निर्माणमा अगाडी बढने बताए । उनले संसारका मगरहरुलाई बलिराजाको दरवार सम्म आउने बातावरण मिलाउन समेत वडापालिका तयार रहेको जानकारी दिए ।
    कार्यक्रममा स्थानिय राजनितिक दलका नेताहरु तथा बुद्धिजिविहरुले समेत मन्तव्य राखेको थिए ।
    तुला रास्कोटीको सञ्चालन तथा हुम बहादुर कुंवरको स्वागत सम्पन्न भएको कार्यक्रममा स्थानिय बुद्धिजिविहरु जिवन राना, लक्ष्मण रायमाझी, सुरेश रायमाझी, भुवन रास्कोटी लगाएतको उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.