logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


    ४ फाल्गुन २०७६ , आइतबार

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर रुपन्देही डिजल्स सर्भिस सि.न.पा. ८ लुम्बिनी रोड भैरहवाका प्रबन्धक निर्देशक राजेन्द्र शर्मा खनाल सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?

    हाम्रो व्यवसाय भनेको सेवामूलक व्यवसाय हो । हामीले  विशेष गरी गाडीको फ्युल, इन्जेक्सन पम्प र अटोमाइजर जस्ता कामको मर्मत संभार गर्ने गरिन्छ । हामीले प्रत्येक वर्ष विभिन्न जिल्लामा मेकानीकल तयार गरेर पठाउँछौ साथै छिमेकी राष्ट्र भारतमा पनि यहाँबाट मेकानीकल तयार गरी पठाउने गछौैै जसले गर्दा उनीहरुलाई काम गर्न सजिलो होस हामीले नेपालका २५ जिल्लामा डिजल्स सर्भिस सञ्चालन गरेका छौ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट राजस्व कार्यलय र नगरपालिकामा कर बुझाउदै आएका छौ । यसरी हाम्रो व्यवसायले देशको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

    २. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?

    अहिलेको अवस्था भन्नु पर्दा व्यवसाय मध्यम खालको नै भन्नु पर्छ । हाम्रो यस व्यवसायले अहिले अरु जिल्लाका कर्मचारीहरुलाई छोडेर यहाँ मात्र ३  जनालाई रोजगारी दिएको छौ ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त  गरेको छ र भावी योजना के छ ?

    रुपन्देही जिल्लामा सुरुमा पश्चिमाञ्चल सुरुवात गरेको नै हाम्रो व्यवसाय हो । अहिलेको तुलनामा पहिलेको व्यवसाय  धेरै सन्तोषजनक थियो । पहिले राजधानीमा बाहेक डिजल्स सर्भिस अरु जिल्लामा थिएनन् । रुपन्देही जिल्लामा मात्र अहिले २५ वटा डिजल्स सर्भिस सञ्चालनमा छन् । हाम्रो सफलता भएकै मान्नु पर्छ । हाम्रो भावी लक्ष्य भनेको नेपालकै ७७ वटै जिल्लामा डिजल्स सर्भिस सञ्चालनमा ल्याउने तयारीमा छौ । अहिले १७ ÷१८ वटा जिल्लामा काम सञ्चालन छ । हरेक वर्ष प्रत्येक युवालाई काम सिकाएर वर्कसप सञ्चालन भएको जिल्लामा पठाउने काम गरिन्छ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?

    व्यवसाय सञ्चालन गर्दा कठिनाइहरु त झेल्नु पर्छ नै टिकाउ कामदारको अभाव, दक्ष कामदारको अभाव, शाखा विस्तारमा कठिनाइर्, चर्को मूल्यले गर्दा कठिनाईत छदै छ, त्यसैमा पनि बैंक तथा वित्तिय संस्थाहरु बाट चर्को व्याज तिर्नु पर्दा नराम्रो असर नपरेको भन्न सकिन्न । बजार व्यवस्थापन गर्न नसक्दा पनि कठिनाइहरु भ्mेल्नु परेको छ चारै तिरका गाडीहरु आयात हुन्छन्  । मर्मत गर्ने सामान खरिद गर्न कठिनाई छ । नेपालमा वर्कसपको पार्टपुर्जा पाइने ३ वटा मात्र डिलर छन् । काठमाडौँ, बिराटनगरमा नपाएका सामानहरु भारतीय बजार जस्तै गोरखपुर, दिल्ली र कानपुर जस्ता ठाउँहरुबाट सामान खरिद गर्दा कठिनाई परेको छ  । अहिले त सजिलोको लागि सामानाहरुको नाम हामीले लेखिदिने गर्छाै ग्राहकहरुले सामान ल्याउनु हुन्छ र हामीले मर्मत गरिदिने काम गछौ । यसरी समस्याको समाधान गरेका छौ ।

    ५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?

    आफ्नै देशमा व्यवसाय सञ्चालन गर्न सके विदेश जाने झन्झट कम हुने र आफ्नै देशका युवाले रोजगार पाउने साथै नेपाली जनताले नै फाइदा लिनु सकुन, आफ्नै देशको नाम पनि रहोस, आफ्नै गाउँठाउँका युवाहरुले काम पनि सिकुन र नेपालमा पनि गाडीका पार्टपूर्जाहरु बन्ने रहेछन् । भन्ने छिमेकी मुलुकलाई पनि होस भन्ने उद्देश्यका साथ यो व्यवसाय सुरु गरेको हुँ । मेरो अपेक्षा केही हदसम्म त पुरा भएको छ  नेपाल सरकारले पनि अटो इन्जिनियरिङ्ग वर्कसपको क्षेत्रमा युवा जनशक्तिहरुलाई तालिमको व्यवस्था गरी आत्मनिर्भर बनाउने प्रयास गरे हाम्रो अपेक्षा पुरा नहोला भन्न सकिन्न ।

    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?

    म कलकत्तामा जन्मेको हुँ । गाडीको पार्टपुर्जा खराब हुँदा भारतीय बजारमा जानु पर्ने झन्झटलाई कम गर्न मैले यही पेशा रोजी आफनै देशमा मर्मत संभार गर्ने काम सुरु गरेको हँु । सुरुमा बुटवल देखि काम सुरु गरे त्यस पछि नारायणघाट शाखा खुल्यो विशेष गरी मैले यो व्यवसाय सुरु गर्नुको उद्देश्य पैसा कमाउनु भन्दा पनि काम सिकाउने र देशका युवाजनशक्तिलाई रोजगार दिने रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.