logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सत्यवतीमा समुदाय समक्ष अदालत


    २४ बैशाख २०७३ , शुक्रबार

    सत्यवतीमा समुदाय समक्ष अदालत

    पाल्पा, २१ बैशाख । अदालतमा न्यायधिश इजालसमा ब्यस्त हुन्छ । अदालतका कार्यक्रमहरु गाउँ गाउँमा हुदैन । तर पाल्पा अदालतले पहिलो पटक ग्रामीण क्षेत्रमा समुदाय समक्ष अदालत कार्यक्रमको आयोजना ग¥यो । त्यही कार्यक्रममा जिल्ला न्यायधिश डिल्लीरमण तिवारीले ग्रामीण भेगका सर्वसाधारणका प्रश्नका जवाफ दिन नै व्यस्त देखिनुभयो ।
    गहते माविका प्रअ भोजराज खड्काले श्रीमान न्यायधिशज्यू ! गाउँमा बालविवाहले बढ्दो छ । यसलाई कसरी रोक्न सकिन्छ भन्ने उनको जिज्ञासामा न्यायधिश तिवारीले जवाफमा भन्नुभयो,–“केटा र केटी दुवै जना २० वर्षको भएपछि मात्र विवाह हुन पाउँछ, २० वर्ष नपुगी विवाह गरेको अवस्थामा कसैले अदालतमा उजुरी दिए त्यो विवाह बाल विवाह ठहरिने भएकोले विवाह गर्ने र गराउने दुवै पक्षलाई कारबाही हुन्छ ।”
    यसरी नै वालविवाह, जातीय छुवाछूत, बहुविवाह, महिला हिंसा, पूरुष हिंसा, देवानी र फौजदारी मुद्दामा कस्तो किसिमको कानुनी कारबाही हुन्छ भन्ने सर्वसाधारणका प्रश्नका ओइरो लागेको थियो । श्रीमान जिल्ला न्यायधिश तिवारीले सर्वसाधारणका प्रश्नका तिर्खा मेटाएपछि स्थानीय पनि उत्तिकै खुसी देखिएका थिए ।
    पहिलो पटक सत्यवती गाविसको बुढीदमारमा समुदाय समक्ष अदालत सम्वन्धि अन्तक्रिया कार्यक्रममा सहभागी भएका सत्यवती गाविसका सचिव कृष्णप्रसाद श्रेष्ठले गाउँका सर्वसाधारणले कानूनी रुपमा साक्षर बन्ने मौका पाएकोमा खुसी भएको बताउनुभयो ।
    सत्यवती र बल्ढेगढी गाविसका स्थानीयबासिन्दाहरु सो कार्यक्रममा सहभागी भएपछि अव अन्याय सहेर गाउँ नबस्ने र अरुका लहैलहैमा अरुलाई अदालतमा मुद्दा दर्ता गराउन नहिँड्ने स्थानीयले बताएका छन् ।
    न्यायधिश तिवारीले अदालतमा पैसा बढी लाग्ने र मुद्दा फस्यौला बढी समय लाग्ने भन्ने भम्र चिर्न समेत आवश्यक रहेको बताउनुभयो । ४० प्रकारका निवेदनहरु निःशुल्क भर्ने व्यवस्था मिलाएकोले सोही अनुसार अदालत पारदर्शी बनाउने गरी लागेको बताउनुभयो ।

    पाल्पा अदालतका स्रेस्तेदार सुवर्ण खनालले वार्षिक ७५ प्रतिशत मुद्दा फस्यौट गर्नुपर्ने भएकोले पहिला जस्तो गरी ढिलाई नहुने बताउनुभयो । छिटो छरितो न्याय सवैका लागि न्याय भन्ने नाराका साथ जिल्ला अदालत अघि बढेकोले अदालतमा सवैको सम्मान हुने बताउनुभयो ।
    पाल्पा जिल्ला अदालतले समुदाय समक्ष अदालत कार्यक्रममा स्थानीयबासिन्दामा कानुनी ज्ञानको विकास भएकोले यस्ता कार्यक्रमलाई निन्तरता दिन आवश्यक रहेको पुन गाविस सचिव श्रेष्ठको भनाई छ । रासस कृष्ण दर्नाल

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.