logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मदरसाको शिलन्यास गर्दै प्रदेश सभा सदस्य न्यौपाने


    १३ जेष्ठ २०७७ , मंगलबार

    मदरसाको शिलन्यास गर्दै प्रदेश सभा सदस्य न्यौपाने

    पशुती यादब

    धकधई,१३ जेठ । रोहिणी गाउँपालिका वार्ड नं. १ बेनिपुरमा रहेको ईस्लामिया काबिरिया अहले सून्नत फौजल उलुम मदरसाको दुई कोठे छात्राबासको शिलन्यास गरिएको छ ।


    प्रदेश नं. ५ का प्रदेशसभा सदस्य तथा प्रदेशको अर्थ, उद्योग र पर्यटन समितिका सभापति दधिराम न्यौपानेले मंगलवार एक कार्यक्रमका बिच उक्त छात्रावास भवनको शिलन्यास गरेका हुन ।
    प्रदेश सरकारको रु. २० लाख लागतमा निर्माण हुन लागेका उक्त छात्रावास शिलन्यासन गर्दे न्यौपानेले शिक्षाको गुणनात्मक विकासका लागि प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गरेको बताए । उनले जिल्लामा सवै मदरसा तथा विद्यालयहरुलाई आधुनिक र सुविधा सम्पन्न बनाउनका लागि आफुले पहल गरिरहेको बताए ।
    शिलन्यास कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खांन, नेकपा रोहिणी गा.पा. अध्यक्ष प्रदिप पाण्डे, अधिवक्ता नरसिंह चौधरी, रामकन्त यादव, शैलेन्द्र उपाध्याय, मौलाना अकवर अलिको उपस्थित रहेको थियो ।
    जिल्लाका क्षेत्र नं.१ को प्रदेश (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक बर्ष २०७६÷०७७ मा रु. २ करोड २५ लाख रकम विनियोजित गर्न पहल गरि ८ वटा विद्यालय तथा मदरसाका भवनहरु निर्माणमा सहयोग पुराएका छन् ।
    आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विद्यालय तथा मदरसाहरुको भवन निर्माणका लागि बगाह मा.बि. रु.४० लाख, गौतम बुद्ध मा.बि.रु. ६ लाख, जनहित मा.बि. रु.६ लाख ५० हजार, ज्योति आधारभूत प्रा.बि.रु. १० लाख, मधवलिया मा.बि.रु. १० लाख रकम विनियोजित गर्न सफल भएको प्रदेश सभा सदस्य न्यौपानेका स्वकिय सचिव हिमाल पाण्डेले जानकारी दिए ।


    आगामी बर्षमा पनि मदरसा शिक्षाको विकासमा प्रदेश सरकारले सहयोग गर्ने आफुहरुको अपेक्षा रहेको ईस्लामिया काबिरिया अहले सून्नत फौजल उलुम मदरसाका अध्यक्ष तथा रोहिणी गा.पा. वाड.नं.१ का वडा अध्यक्ष आविद अलिले बताए ।
    बिकास प्रेमी तथा हकि स्वभावका नेता न्यौपानेले जिल्लाको शिक्षाक्षेत्रलाई गुणस्तरिय र प्रविधिमैत्री बताउनमा पहल जारि रहेको उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.