logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देहीका होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन थालेका


    २३ साउन २०७७ , शुक्रबार

    रुपन्देहीका होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन थालेका

    कमल रायमाझी
    भैरहवा,२३ साउन । कोभिड–१९ भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले सवैभन्दा धेरै मार पर्यटन क्षेत्रलाई परेको छ ।


    चार महिनासम्म ठप्प रहेका होटल तथा रेस्टुरेन्ट व्यवसाय सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा बन्दाबन्दी नरहेको घोषणा गरे संगै सञ्चालनमा आउन थालेका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपनि अन्तराष्ट्रिय सिमानाकाहरु बन्द रहेपछि विदेशी पर्यटकहरुको आगमन भने शुन्य रहेको छ । सिमानाका र अन्तराष्ट्रिय हवाई उडान सुचारु नभएसम्म ग्राहक पाउने सम्भावना भने नरहेको होटल व्यवसायीहरुले बताउने गरेका छन् । सरकारले साउन १५ देखि पर्यटनक्षेत्र सञ्चालन गर्न स्वीकृति समेत दिएपनि देशैभरका पर्यटन व्यवसायीहरुले ग्राहक नपाएको गुनासो गरेका छन् । रुपन्देहीमा पनि अहिले होटल तथा रेस्टुरेन्ट लगाएत ट्राभल एजेन्सीका कार्यालयहरु सञ्चालनमा आएका छन् । जिल्लाको लुम्बिनी तथा भैरहवा र बुटवल क्षेत्रमा रहेका तारे होटलहरुका मुख्य ग्राहक विदेशी रहेकाले पनि ग्राहक नपाउदा समस्यामा परेका छन् ।


    सरकारले पर्यटकको संख्या बढाउन अन्तराष्ट्रिय बजारमा नेपालमा कोभिड–१९ संक्रमणको जोखिम कम रहेको सन्देश दिनुपर्ने माग व्यवसायहरुले राखेका छन् ।
    पर्यटनक्षेत्रमा २५ अर्व भन्दा बढि लगानी रहेको रुपन्देहीमा बन्दाबन्दी खुलेपनि पर्यटक नआउदा लगानी नै संकटमा रहेको छ ।
    होटल व्यवसायीको छाता संगठन होटल एसोसियसन अफ नेपाल (हान) का केन्द्रीय सदस्य गोपाल रानाले सरकारले बन्दाबन्दी खोलेर सकारात्मक सन्देश दिएको बताउदै पर्यटकलाई ल्याउनका लागि व्यवसायी र सरकारले नयाँ योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले व्यवसायीलाई आन्तरिकरुपमा सहुलियत दिएर पर्यटन प्रवर्धनमा सरकार लाग्नुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ होटल एसोसियसन रुपन्देहीका उपाध्यक्ष किशोर जोशीले पर्यटक आउने ढोका बन्द गरेर पर्यटन व्यवसायी सञ्चालन गर्न कठिन हुने भन्दै सुरक्षाको मापदण्ड अपनाएर सीमानाका खोल्नु पर्ने सुझाव दिनुभयो । विदेश बाट पर्यटक नआए सम्म नेपालमा आन्तरिक पर्यटकले व्यवसाय पुर्णरुपमा सञ्चालन गर्न नसकिने उपाध्यक्ष जोशीले बताउँनुभयो ।


    ट्राभल व्यवसायी तथा सोटो नेपालमा रुपन्देही वरिष्ठ उपाध्यक्ष श्रीचन गुप्ताले भारतिय बजारमा कोरोनाको त्रास दैनिक बढ्दैजानाले पर्यटनक्षेत्रलाई सरकारले खुल्ला गरेपनि सञ्चालनमा समस्या रहेको जानकारी दिनुभयो । उहाँले कोभिडको भ्याक्सीन उपलव्ध भएपछि र सीमानाका खुलेपनि पर्यटनक्षेत्रलाई सहजहुने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.