logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पत्रकार रायमाझीलाई कोरोना संक्रमण


    १९ असोज २०७७ , सोमबार

    पत्रकार रायमाझीलाई कोरोना संक्रमण

    भैरहवा, १९ असोज । नेपाल पत्रकार महासघं रुपन्देहीका सहसचिव कमल रायमाझीलाई कोरोना सक्रमणको पुष्टि भएको छ ।


    रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होम क्वारिन्टिनमा बसेको पत्रकार महांसघ रुपन्देहीले जनाएको छ ।
    स्वाब परिक्षण गर्दा रायमाझीलाई कोराना पोजिटिभ देखिएको भएपनि लक्षण भने नदेखिएको उहाँको पारिवारीक स्रोतले जनाएको छ ।
    रायमाझीको सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण हुन सक्ने भन्दै सर्तकता अपनाउन र लक्षण देखिए स्वास्थ्य चेकजाच गर्न समेत अनुरोध गरिएको छ ।
    कोरोनाको उच्च जोखिम रहेका स्थानहरुको रिपोटिङ गर्न पुग्ने गर्नुभएका रायमाझीलाई संक्रमण भएको हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
    प्रेस संगठन रुपन्देहीको स–संयोजक तथा राष्ट्रिय समाचार समिति, सगरमाथा टेलिभिजन र लुम्बिनीखवर पत्रिकामा कार्यरत रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु नियमित रुपमा सम्पर्कमा रहेको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिनुभयो ।
    एक दशक भन्दा लामो समय सम्म पत्रकारीता क्षेत्रमा क्रियाशिल रायमाझीलाई कोरोना संक्रमण भएपछि विभिन्न संघ सस्थाहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.