कमल रायमाझी
भैरहवा, २८ पुस । ‘सेवा नै धर्म हो ’ भन्ने मुल उद्धेश्यका साथ स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले छात्रवृत्ती अक्षयकोष स्थापना गरेको छ ।

लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको १४२ औं जन्मदिनको अवसरका क्लबले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।
क्लब परिवार र चन्दादाताहरुको सहयोगमा रकम संकलन गरि अक्षयकोष स्थापना गरिएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए ।
संकलित रकम रु. २ लाख १६ हजार एकसय सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा आधारभुत विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरु लाइ छात्रवृत्ती दिनका लागि स्थापना गरिएको क्लबका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरिले बताए ।
स्कुल व्यवस्थापन समिती र क्लवको सयुक्त खातामा उक्त रकम राखी बार्षिक रुपमा आउने व्याजको रकम विद्यार्थी छात्रवृत्तीका लागि खर्च गरिने क्लबको सुचना शाखाले जनाएको छ ।
समाजमा सेवा गर्ने भावना राखि स्थापना भएको ग्रिनसिटीले सरकारी विद्यालयमा छात्रवृत्ती स्थापनाका लागि अग्रजहरुको सल्लाह सुझाव महत्वपुण रहेको क्लबका तृतिय उपाध्यक्ष मनोज क्षेत्री बताए ।
अक्षयकोषका लागि समाजसेवी तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पुर्व अध्यक्ष तथा लायन्स जिल्ला परिषद ३२५ बि २ का स्ट्रेजिक चिफ धर्मराज श्रेष्ठले रु.५१ हजार एकसय बाट रकम संकलन हुन शुरु भएको थियो ।
श्रेष्ठ बाट शुरु भएको रकम संकलनका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने क्लबका संस्थापक सदस्य महेश आलेकी आमा विष्णुमाया आले बाट रु. ५१ हजार, संस्थापक अध्यक्ष शिवनाथ गुप्ताबाट रु.५१ हजार , संस्थाका सल्लाकार त्रिभुवन दत्त मिश्र बाट २५ हजार, संस्थापक प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरी बाट रु. ५ हजार, द्धितिय उपाध्यक्ष नरेश के.सी. बाट रु. ५ हजार,सचिव भिम बहादुर थापा बाट रु. ५ हजार, सदस्यहरु विशाल बस्नेत बाट रु. ६ हजार, कमल रायमाझी बाट रु. ५ हजार, लक्ष्मी थापा बाट रु. ५ हजार, बिचेन्द्र यादब रु. ५ हजार र बिना पौडेल बाट रु २ हजार सहयोग भएको क्लबका सचिव भिम बहादुर थापाले जानकारी दिए ।
छात्रवृत्ती अक्षयकोष स्थापना तथा मेल्विन जोन्सको जन्मोत्सवका उपलक्ष्यमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटेजिक चिफ पीएमजेएफ नवराज न्यौपान, सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटेजिक चिफ महेशचन्द थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का हेड इभालुयसन टिम विनोद खरेल, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका एओजी एमजेएफ अर्चित श्रेष्ठ, विद्यालयका प्रअ आशा थापा, लायन्स रिजन चेयरपर्सन शुशिल गुरुङले शुभकामन मन्तव्य राखेको थिए ।

क्लबका अध्यक्ष शिबनाथ गुप्ताको अध्यक्षता, जनसम्पर्क अधिकारी बीना पौडेलको ध्वजा अभिवादन, कार्यक्रम संयोजक एवं क्लबका सचिव भीम बहादुर थापाको स्वागत तथा प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।