रबिन्द्र प्रताप गुप्ता
भैरहवा, वैशाख । कपिलवस्तुको उदयपुर गाविस वडा नम्वर ६ का आगलागी पीडितहरुको लागि विभिन्न संघ संस्थाहरु बाट सहयोग संकलन जारी रहेको छ ।

उक्त गाविसमा गत वैशाख १० गते आगलागी भएको थियो ।
भैरहवामा रहेको कोसीस नामक संस्थाले शनिबार उक्त गाविसका ३२ परिवारका आगलागी पीडितहरुलाई खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

कोसीस भैरहवाका सदस्यहरु सन्तोष यादव,राजीव राय यादव,शिशिर झा, मुक्ति वाग्ले, गिरेन्द्र पाण्डे,राजीव यादव,राकेश यादव, कमल कान्त, प्रशान्त महतो,कमलेश कुमार यादव,जय सिंह,राहुल राय,अमित साह,मनिष खतिवडा,नितेश महतो लगायतको सहभागिता रहेको थियो ।

राहत वितरण कार्यक्रममा कोशिश धरान,ड़िÞएफ डबल्यु मधेशी समाज,डल्लासको सहयोग रहेको थियो भने उदयपुर गाविसका स्थानिय राजनीतिक दलका नेता तथा कार्यकर्ता र नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।