भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको आयोजनामा भएको आर सी सी बी एल पहिलो फुटसल संस्करण-२०२१ को उपाधि रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले जितेको छ । रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ का ६ वटा क्लबहरु बीच भैरहवा पुतलीबजार स्थित ‘प्लेअन फुटसल’ ग्राउण्डमा शनिबार भएको फाईनल खेलमा रोट्रयाक्ट क्लब सेन्ट्रल बौद्ध ल्याण्डलाई ३/२ गोलको अन्तरले पराजित गर्दै लुम्बिनी बुद्धले उपाधि जितेको हो ।
आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ भित्रका रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड, रोट्रयाक्ट क्लब अफ बौद्ध ल्याण्ड बी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध सहित ७ वटा टिमको सहभागिता रहेको थियो ।
बिजेता भएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको टीमले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपबिजेता भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको टीमले प्रमाणपत्र प्राप्त गरेको थियो ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड अध्यक्ष दिक्षा सुनारको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उप-प्रमुख उमा काफ्लेले सधै व्यापार, व्यवसाय पेशागत कार्यमा व्यस्त रहने व्यक्तिहरुका लागि शारीरिक, स्वास्थ्य र मनोरंजन संगै आपसमा सद्भाव बढाउने एउटा राम्रो माध्यम रहेको बताईन । ‘कतिपय राम्रा खेलाडीहरु खेल खेल्ने अवसर नपाएरै प्रतिभाहरु हराईरहेकोले यस्ता खेल प्रतियोगिताहरुलाई सरकारी तवर र विभिन्न सामाजिक संघसंस्थाहरुद्वारा निरन्तरता दिनुपर्छ’ उनले भनिन् ।
स्वास्थ्यका लागि खेल भन्ने मुलनारालाई आत्मसाथ गर्दै रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ भित्रका रोट्रयाक्ट क्लबहरुका बीच खेलको माध्यमबाट भेटघाट, सद्भाव र सम्बन्ध सुद्रिढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको फुटसल प्रतियोगिता सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको क्लबकि अध्यक्ष दीक्षा सुनारले बताईन ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका संस्थापक अध्यक्ष अस्मित लाम्गादेले व्यक्ति व्यक्ति बीच सुमधुर सम्बन्ध कायम गर्ने एउटा सर्वोत्तम माध्यम रहेको बताए । साथै उनले यस्ता कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका क्लब जोइन्ट सेक्रेटरी राम कृष्ण बरालको संचालनमा भएको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका वर्ष २०२१-२०२२ का अध्यक्ष सतदल चौधरी, संस्थापक अध्यक्ष बिमल सेन्चुरी, निवर्तमान अध्यक्ष डा हिरा बहादुर साह, प्रकाश कुमार शर्मा, जोन १८ का जोनल रोट्रयाक्ट रीप्रेसेण्टिभ बाबुराम खनाल (अतित), प्रेसिडेन्ट एड्भाइजर दिनेश पौडेल लगायतले मन्तव्य राखेका थिए ।
साथै कार्यक्रममा प्रिय बन्धु न्यौपाने, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बिनिता पोखरेल, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका अध्यक्ष सुमन खनाल, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष लक्ष्मण रेग्मी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका अध्यक्ष कपिल चापागाई लगायत विभिन्न क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।