logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भलिबलको उपाधि बौद्ध ल्याण्ड्लाई


    १४ असोज २०७८ , बिहिबार

    भलिबलको उपाधि बौद्ध ल्याण्ड्लाई

    भैरहवा । प्रथम जोनल लेभल भलिबल प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड्ले हात पारेको छ । रोट्रयाक्ट क्लब अफ भैरहवाको आयोजना तथा सत्यवती मोटर्सको पमुख प्रयोजनमा शनिबार सम्पन्न भएको खेलमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डले उपाधि हात पारेको हो ।

    भैरहवा आसपासमा सक्रिय रहेका रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ भित्रका ६ वटा क्लबहरु बीच भएको खेलमा बिजेता भएको सेन्ट्रल बौद्ध ल्याण्डको टीमले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने दोस्रो स्थान प्राप्त गरेको रोट्रयाक्ट क्लब अफ भैरहवाको टीमले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

    आपसी भाइचारा कायम गर्न आयोजना गरिएको खेलमा अनुशासित टिमको उपाधि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले पाएको थियो थियो र त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि रोहित खड्काले प्राप्त गरेको भलिबल प्रतियोगिताका संयोजक प्रविन रानाले जानकारी दिए ।

    रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष लक्ष्मण रेग्मीको अध्यक्षता तथा प्रविन रानाको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्की सदस्य उमा अधिकारी, विशिष्ट अतिथि रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्य, रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ का जेड आर आर बाबुराम खनाल (अतित), रोटरी डिस्ट्रिक ३२९२ का डिआर आर इन्भ्वाए प्रकाश शर्मा, विभिन्न रोट्रयाक्ट क्लबका पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    उक्त भलिबल प्रतियोगितामा रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ भित्रका रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध सहित ६ वटा टिमको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.