logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अब इन्टरनेटबिनै ह्वाट्सएप चल्ने


    २६ कार्तिक २०७८ , शुक्रबार

    अब इन्टरनेटबिनै ह्वाट्सएप चल्ने

    एजेन्सी । सोसल मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँने भएको छ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटबिना नै ह्वाट्सएप चलाउन पाउनेछन् ।
    यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन । अर्थात् अब एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् र त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नुपर्ने छैन ।

    ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताबिनै अन्य उपकरणहरुमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिइनेछ । प्राइमरी स्मार्टफोनबिनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ ।

    कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । जस अनुसार यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन् । म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएका डिभाइसहरु १४ दिनसम्म मेसेज प्राप्त गर्न तथा पठाउन सक्षम हुनेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.