काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ । यसअघि आइतबार यो संख्या पाँच गुणाले बढेको थियो । शनिबारसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या चार मात्र थियो ।
यता, जयपुरमा एकै परिवारका ९ जना र मुम्बईमा ७ जना र दिल्लीमा १ जनामा यो भाइरसको संक्रमण देखिएको थियो । सोही क्रममा सोमबार दक्षिण अफ्रिकाबाट महाराष्ट्र फर्किएका ३७ वर्षीय पुरुष र अमेरिकाबाट फर्किएका उनका ३६ वर्षीय साथीलाई ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यता, महाराष्ट्रमा ओमिक्रोन संक्रमणको सबैभन्दा बढी १० संक्रमित फेला परेका छन् ।
