logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    आउँदो निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने


    ९ पौस २०७८ , शुक्रबार

    आउँदो निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

    काठमाण्डौ । नेपालमा आउँदो निर्वाचनबाट विधुतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ
    निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो जानकारी दिए । उनले सहज र विश्वसनीय परिणामका लागि विधुतीय मतदानको पहल थालेको बताएका हुन् ।

    उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकार समेत सुरक्षित गर्ने उद्देश्यका साथ विधुतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विधुतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।

    नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विधुतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.