logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गैंडहवामा प्रथम नक आउट फुटबल प्रतियोगिता सुरु


    १० पौस २०७८ , शनिबार

    गैंडहवामा प्रथम नक आउट फुटबल प्रतियोगिता सुरु

    दीपक जैसवाल

    सुर्यपुरा, १० पुस । रुपन्देहीको गैडहवा गाउँपालिका ८ देविनगरमा प्रथम गैंडहवा अध्यक्ष नक आउट फुटबल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोतिाको गैंडहवा गाउपालिका अध्यक्ष बच्चुलाल केवटले एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन् ।

    गैडहवा गाउँपालिका, एभरेस्ट युबा क्लब मैनिया र वार्ड न ८ को सम्युक्त आयोजनामा गैंडहवा ८ को खेल मैदानमा प्रथम गैंडहवा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिता सन्चालन आजदेखि सुरु भएको हो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले खेल शारीरिक मानसिकको लागि आवश्यक हुने हुुँदा गत साल नै आयोजना गर्ने योजना भएतापनी कोभिड प्रभावले आयोजना गर्न नसकेको बताउदै अहिले योजना सफल भएको भन्दै खेलमा अनुसासन भएर खेलाडीले खेल पर्दशन गर्न र खेलमा हार जित स्वाभाविक रहेको भन्दै सहभागी सम्पूर्ण टिमलाई शुभकामना दिनु भएको थियोे ।

    विशिष्ट अतिथीहरुमा गाउपालिका प्रमुख प्रसासकिय अधिकृत चिरञ्जीवी घिमिरे, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सुभावती यादव विशिष्ट अतिथी वार्ड न ८ का अध्यक्ष भुबन बहादुर राना, बिशिस्ट अतिथि वाड न ६ का वडा अध्यक्ष रामबेलास यादव, अतिथि हरुमा शिबनाथ बरही, सुनिल बरही, बाबू राम बरही, रेडियो कन्चन, पत्रकार गैंडहवा सम्बादाता मनोज ज्ञवाली रहनु भएको थियो ।

    कार्यक्रमको समुद्घाटन सत्रमा बिस्वसान्ति युबा कल्ब साल्झन्डी र कपिलबस्तु ११ बिच खेल भएको थियोे जस्मा कपिलवस्तुले दुई ० को सोझो सेट्ले साल्झन्डिलाइ प्राजित गरेको थियोे ।

    पौष ११ गते सैनामैना ११ जर्लैया र सैनामैना मुर्गिया बिच दिउँसो १ बजे देखि खेल सन्चालन हुनेछ । उक्त खेलमा ८ टिम सहभागी भएको खेल पुस १० गते देखि १७ गते सम्म सन्चालन हुनेछ । उक्त प्रतियोगिता मा प्रथम पुरस्कार राशी १ लाख ११ हजार ११ रुपैयाँ दोस्रो हुनेले पुरस्कार ५५ हजार ५ सय ५५ कप मेड्ल र प्रमाणपत्र पाउने छ्न ।

    कार्यक्रममा सम्पुर्ण लाई स्वागत मन्तव्य बालकृष्ण हमालले गर्नु भएको थियो र औपचारिक कार्यक्रम समापन क्लबका अध्यक्ष कार्यक्रमका सभापती पदम थापा मगरले गर्नु भएको थियो भने कार्यक्रमको सन्चलान सञ्चारक्रमी दिनेश घिमिरेले गर्नु भएको थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.