कमल रायमाझी
भैरहवा, । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी बिकासकोषका पदाधिकारीका कारण संकटमा पर्दै गएको छ ।
राजनितिक भागवण्डा र आर्थिक चलखेलका कारण लुम्बिनीले विकासको फडको मार्न नसकेको जानाकारहरु वताउछन् ।
संयुक्त महासंघका तत्कपानिज वास्तुकलाबिद आर्टिटेक्ट इन्जिनियर केङ्जो टान्गेको नेतृत्वमा सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार गरिएको थियो ।
टाङ्गेले तयार पारेको गुरुयोजना सन् १९९५ मा पुरा हुनुपर्ने भएपपनि दशकौ हुदा सम्म पुरा हुन सकेको छैन ।
शैक्षिक, वैज्ञानिक तथा सास्कृतिक सस्था युनेस्कोले लुम्बिनीको सास्कृती,आध्यात्मीक तथा धार्मिक महत्वलाई मध्यनजर गर्दै सन १९९७ मा विश्वसम्पदा सुचिमा सुचिकृत गरिसकेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत भएपनि लुम्बिनी नेपालमा राजनितिक खिचातानीका कवाफ भन्ने गरेको देखिन्छ ।
अहिले लुम्बिनीले विश्वको ध्यान आकृषित गरिरहेको छ । मुस्लिमहरुको मक्का मदिना र इसाइहरुको जेरुसेलम जस्तै बुद्धधर्म मान्नेहरुको लागी लुम्बिनी भएपनि विकासले मन्दगती लिदा यसको प्रभाव न्युन हुनगएको छ ।
सरकार परिवर्तन संगै विकास कोषका पदाधिकारी परिवर्तन हुने विगतको यर्थात तथा अहिले विकास कोषमा पदाधिकारीहरुले आर्थिक चलखेलमा व्यस्तहुदा लुम्बिनीको गरिमामा आच पुगेको देखिन्छ ।
दरवारका पालामा दरवारका आसेपासेहरुले विकासकोषलाई भजाउने गरेका थिए भने प्रजातन्त्र पछिका सरकारहरुले पनि लुम्बिनीलाई खाली भर्तीकेन्द्रको रुपमा विकास गर्दा यसको योजना अनुरुप काम अगाडी बढन सकेको छैन् ।
लुम्बिनीको विकासमा राजनितिक नियुक्तनै मुख्य वाधक रहको भिक्षु मैत्रेयले बताउछन् । मैत्रेयका अनुसार–“लुम्बिनीमा आउने प्राय पदाधिकारीहरु लुम्बिनी र बुद्ध सम्बन्धी ज्ञानै नभएका हुन्छन् ।उनिहरु राजनितिक तह वाट यहा आउदा आर्थिक र सामाजिक परिवेशमा डुवुल्की पार्ने सोच वाट प्रेरित हुदा लुम्बिनीको श्रदा प्रति ध्यान नपुगेको हो ।यहाको विकास र बुद्धको महिमा बुझेका मानिसहरु लुम्बिनीमा आउदा धार्मिक आस्था पनि प्रफुटन हुदै जाने सम्भावना रहन्छ ।”
लुम्बिनीमा आउने व्यक्ति राजनितिक तहको भए पनि यसले व्यक्तिगत स्वार्थ वाट माथि उठ्न सक्ने हुनुपर्ने भिक्षु मैत्रेयको भनाइरहेको छ । धार्मिक र लुम्बिनीको प्रतिष्ठा संग मात्र जोडिन खोज्ने व्यक्ति लुम्बिनी बिकास कोषमा आएमा यहाको बिकास सोचेको गतिमा वढन सक्ने मैत्रेयको बुझाइ छ ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य तथा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी गोबिन्द ज्ञवालीले बिकास कोषका पदाधिकारीमा क्षणिक स्वार्थमा रमाउदा लुम्बिनी तहस नहस भएको जनाउदै लुम्बिनी जस्तो अन्तराष्ट्रियजगतले आस्था र विस्वास राखेको धरोहरमा अख्तियारले छापा हान्नुपर्ने,कर्मचारी महिनौ सम्म आन्दोलन गर्नु पर्ने,पदाधिकारी लुम्बिनी छोडेर भाग्नु पर्ने जस्ता अप्रिय घटनाले दुखद बनाएको भन्दै लुम्बिनीलाई लुटन खोज्ने मनोबृत्तीको अन्त्यको प्रतिक्षामा आफुरहेको बताए ।
विशुद्ध धार्मिक क्षेत्रमा राजनितिक तह वाट सहयोग र सहकार्य हुनुपर्नेमा विभिन्न समस्या श्रृजना गराउनु गलत भएको भन्दै व्यवसायी ज्ञवालीले सरकारले लुम्बिनीको महत्वलाई ध्यानमा राखेर अगाडी बढन अनुरोध गर्नुभयो ।
लुम्बिनी अहिले स्वायत्त संस्था हो यसको गरिमा धर्म संग जोडिएको भन्दै पर्यटन व्यवसायी ज्ञवालीले स्थानियहरुको सहकार्यमा यहाको निति नियम अगाडी वढाउन आवस्यक रहेको जनाए ।
क्षेसेङ फ्रान्स बुद्धिष्ट गुम्वा लुम्बिनीका प्रमुख छेवाङ लामाले लुम्बिनी विकास कोषको स्थापना लुम्बिनीको विकासको लागी भएको हुनुपर्ने भन्दै कोषका पदाधिकारीका कारण लुम्बिनीमा समस्या भएको आफुले बुझेको बताए ।
उनले भने,‘ महिनौ देखी लुम्बिनीमा सवारी साधन आवत जावतमा समस्या छ । कोषमा तालावन्दी छ ।पर्यटक आउन कठिनाइ भैरहेको छ तर कोषका जिम्मेवार व्यक्तिहरु छैनन् । लुम्बिनीको समस्या समाधानका लागी विकास कोषका पदाधिकारीहरु कता हराए आफुले यहाको समस्या यहि वाट समाधान गर्न सक्नुपर्छ भन्दै कोषका पदाधिकारीलाई भन्ने गरे पनि उहाहरुले पहल गर्न नसकेको देख्दा लुम्बिनी अस्तव्यस्त भएको छ ।
कोरियन सामाजिक सस्था कोइकाको सहयोगमा लुम्बिनीमा ल्याएका विद्युतिय रिक्सा समेत लामो समय सम्म कोषका पदाधिकारी बिचमा कमिशनको भागवण्डा नमिल्दा लुम्बिनी विश्वविद्यालयको हाता भित्र त्यसै थन्कीएको छ ।
बिभागिय मन्त्री देखी सचिव सम्मले लुम्विनीको विकासमा धेरै कुरा गर्न सकिने भन्दै पटक पटक प्रतिवद्धता जनाउछन् । तर उनिहरुको प्रतिवद्धता विस्तारै हराउदै जान्छ । बिदशी निकायले समेत लुम्बिनीको विकासमा सहयोग गर्ने वाचा गर्दछर्न तर कोषमा भएका पदाधिरीहरु कमिशनको खेलमा लाग्दा दाताहरु वाट सहयोग जुटाउन अगाडी बढदैनन् ।
अहिले लुम्बिनी बिकासकोषका अध्यक्ष तथा सस्कृती मन्त्री आन्नद पोखरेलले धेरै कुराहरुको सुधार गर्ने योजना काठमान्डौ बाटै सुनाउन सुरु गरेका छन् । काठमान्डौमा भएको बिकास कोषको कार्यालय समेत हटाउन निर्देशन दिदै उनले अव लुम्बिनीको बिकासमा आफुले पहल गर्ने कुरा आइरहेको वखतमा लुम्बिनीको समस्यालाई कसरी समाधान गर्ने छन् । हेर्न बाकी रहेको छ ।