पश्चिम पाल्पा, ५ बैशाख । पश्चिम पाल्पाको बल्ढेङ्गगढीमा दुई दिने आधारभूत रेडियो उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ ।
गाविसका ३५ जना पशिक्षार्थीहरु सहभागी भएको तालिममा पत्रकार द्धय भुवन कार्की र रमेश अर्यालले प्रशिक्षण दिनुभएको थियो । तालिमपछि आयोजित समापन कार्यक्रममा बोल्ने बक्ताहरुले प्रशिक्षार्थीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
समाजसेवी बलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय लोकेन्द्रबहादुर खड्का, सरस्वती खड्का, शिक्षिका जुना कार्की लगायतले बोल्दै तालिमले ग्रामीण विकासको सूचना आदनप्रदान गर्न थप मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँहरुले सिकेका कुरा व्यवहारमाा उर्तान आग्रह पनि गर्नुभयो ।
तालिममा सहभागीको तर्फबाट चक्रबहादुर खड्का, सुमित्रा राष्कोेटी, शेखर राष्कोटी तथा पुजा कार्कीले अनुभव सुनाउनुभयो । गाविसको सहयोगमा आयोजित तालिममा सबै उमेर समूहका मानिसहरुको सहभागिता रहेको कार्यक्रम संयोजक भुवन कार्कीले बताउनुभयो ।