logo
  • १६ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कफी र आधुनिक सेवाको संगम : भैरहवामा सिटी क्याफे सञ्चालनमा


    १६ कार्तिक २०८३ , आइतबार

    कफी र आधुनिक सेवाको संगम : भैरहवामा सिटी क्याफे सञ्चालनमा

    लुम्बिनीखबर
    भैरहवा,१५ कार्तिक । रुपन्देहीको भैरहवामा आधुनिक सुविधासहितको ‘सिटी क्याफे एन्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ। भैरहवाको देवकोटाचोकके सिटी सेन्टर होटलले सञ्चालनमा ल्याएको उक्त क्याफे पछिल्लो समय कफी पारखी तथा स्थानीय ग्राहकको आकर्षणको केन्द्र बन्दै गएको छ। विभिन्न स्वाद र परिकारका कफी तथा पेय पदार्थ उपलब्ध गराउन थालेपछि क्याफेमा ग्राहकको चहलपहल बढेको हो। भैरहवाको मुख्य सहरी क्षेत्र तथा व्यापारिक गतिविधि हुने स्थानमा रहेको यस क्याफेमा दैनिक दर्जनौँ ग्राहक कफीको स्वाद लिन पुग्ने गरेका छन्। विशेषगरी आधुनिक शैलीमा तयार गरिने कफी, फरक स्वाद र सहज वातावरणका कारण क्याफेले ग्राहकको ध्यान आकर्षित गरेको सञ्चालकको भनाइ छ।

    क्याफेमा हट बेभरेजअन्तर्गत विभिन्न प्रकारका कफी तथा चिया उपलब्ध छन्। कफीका विभिन्न स्वाद यहाको विशेस्ता हुन्। त्यसैगरी मिल्क कफी, लाटे, क्याफे मोचा, हफोगान, हनी लाटे र क्यारामेल लाटेजस्ता कफीका फरक स्वादसमेत ग्राहकले रोज्न पाउने व्यवस्था गरिएको छ। कफीका पारखीलाई लक्षित गरी आइस कफीका विभिन्न विकल्प पनि उपलब्ध गराइएको छ। गर्मी मौसममा चिसो पेय पदार्थ रुचाउने ग्राहकका लागि आइस कफी, ग्रीन टी, स्मोक टी, विभिन्न प्रकारका शेक, आइस टी, सफ्ट ड्रिङ्क्स तथा अन्य पेय पदार्थसमेत राखिएको छ। एउटै स्थानमा फरक स्वादका कफी तथा पेय पदार्थ उपलब्ध गराउने उद्देश्यले मेनु तयार गरिएको क्याफेले जनाएको छ।

    क्याफेका बारिस्टा आदर्श दुबेले भैरहवाको केन्द्रमा रहेको र ग्राहकलाई फरक स्वादको कफी उपलब्ध गराउन सक्ने भएकाले क्याफे धेरैको रोजाइमा पर्न थालेको बताउनुभयो। उहाँका अनुसार दैनिक विभिन्न पेसा, व्यवसाय र उमेर समूहका मानिस कफीको स्वाद लिन आउने गरेका छन्। सरकारी कर्मचारी, स्थानीय व्यवसायी, पैदलयात्रु, नेपाली पर्यटक तथा विदेशी पर्यटकसमेत क्याफेका ग्राहक रहेको उहाँले जानकारी दिनुभयो। “भैरहवा आफैँमा महत्वपूर्ण व्यापारिक तथा पर्यटकीय केन्द्र हो। यहाँ विभिन्न कामले आउने मानिसलाई गुणस्तरीय कफी र फरक स्वाद उपलब्ध गराउने हाम्रो प्रयास छ”, उहाँले भन्नुभयो, “ग्राहकको रुचि र मागअनुसार कफीका विभिन्न परिकार तयार गर्ने गरेका छौँ।”

    क्याफेकी कर्मचारी सन्तोषी थापाले सामान्य क्याफेभन्दा फरक स्वाद, सेवा र आधुनिक प्रस्तुतिसहित सिटी क्याफेलाई अगाडि बढाइएको बताउनुभयो। उहाँका अनुसार ग्राहकलाई कफी पिउने मात्र नभई नयाँ स्वादको अनुभव गर्ने वातावरण तयार पार्ने उद्देश्यले क्याफे सञ्चालन गरिएको हो। आधुनिक शैली, पेय पदार्थको विविधता र ग्राहकको सुविधालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। होटल सिटी सेन्टरका सञ्चालक तथा सिटी क्याफेका सञ्चालक भोजेन्द्र खत्रीले भैरहवाको पर्यटन सम्भावनालाई मध्यनजर गर्दै क्याफे सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्रसँग जोडिएको महत्वपूर्ण सहर भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी क्याफे स्थापना गरिएको हो।

    “भैरहवा व्यापारिक गतिविधिसँगै पर्यटनको महत्वपूर्ण केन्द्र पनि हो। यहाँ लुम्बिनी भ्रमणमा आउने नेपाली तथा विदेशी पर्यटक, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने यात्रु र भारतीय पर्यटकको आवागमन हुन्छ। उनीहरूलाई लक्षित गरेर फरक स्वाद र आधुनिक सेवासहितको क्याफे सञ्चालन गरेका हौँ”, खत्रीले भन्नुभयो। उहाँले भारतीय पर्यटक तथा तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकलाई समेत लक्षित गरी क्याफेको सेवा र परिकार विकास गरिएको बताउनुभयो। भैरहवाको बजार क्षेत्र, पर्यटकीय आवागमन र ग्राहकको रुचिलाई ध्यानमा राखेर क्याफेलाई थप व्यवस्थित तथा आकर्षक बनाउँदै लैजाने योजना रहेको उहाँको भनाइ छ।

    भैरहवा पछिल्लो समय व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्तरदेशीय आवागमनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, लुम्बिनीमा आउने पर्यटक तथा भारतसँगको सीमा व्यापारले यस क्षेत्रको सेवा तथा आतिथ्य व्यवसायमा नयाँ सम्भावना सिर्जना गरेको छ। यस्तो अवस्थामा आधुनिक क्याफे तथा रेस्टुरेन्ट सञ्चालनले सहरको सेवा क्षेत्रलाई थप विस्तार गर्न सहयोग पुग्ने व्यवसायीको अपेक्षा छ। विशेषगरी लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि भैरहवा आवागमन र विश्रामको महत्वपूर्ण स्थान हो। पर्यटकलाई लक्षित गरी गुणस्तरीय खाना, कफी तथा पेय पदार्थ उपलब्ध गराउने व्यवसायको विस्तारले पर्यटनसँग सम्बन्धित स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ।

    सञ्चालक खत्रीले ग्राहकको स्वाद, सन्तुष्टि र सुविधालाई प्राथमिकतामा राखेर क्याफेलाई थप स्तरीय बनाउँदै लैजाने बताउनुभयो। उहाँले भैरहवावासी, आन्तरिक पर्यटक तथा विदेशी पर्यटकलाई सिटी क्याफे एन्ड रेस्टुरेन्टमा आएर विभिन्न स्वादका कफी तथा पेय पदार्थको अनुभव लिन आग्रह गर्नुभएको छ।स्थानीय बजारमा बढ्दै गएको आधुनिक खानपान तथा कफी संस्कृतिका बीच सिटी क्याफे एन्ड रेस्टुरेन्टले भैरहवाको आतिथ्य व्यवसायमा नयाँ पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.