logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ट्राफिक व्यवस्थापनको नेतृत्व कोइरालामा


    १२ बैशाख २०७३ , आइतबार

    ट्राफिक व्यवस्थापनको नेतृत्व कोइरालामा

    trafic
    कमल रायमाझी
    भैरहवा,१२ बैशाख ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा भर्खरै आएका कार्यालय प्रमुख  प्रहरी निरीक्षक अञ्जन कोइरालाले पत्रकार भेटघाट तथा स्थानिय गतिविधिको वारेमा जानाकारि लिएका छन् ।
    यस क्षेत्रका ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरुलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषय स्थानिय सरोकारवाला तथा पत्रकार संग छलफल गरेका हुन ।
    भैरहवा क्षेत्रमा वढदो शहरीकरण तथा अत्याधिक मात्रामा सवारी साधनको वृद्धि हुन गई ट्राफिक व्यवस्थापनमा समस्या श्रृजना हुनसक्ने भन्दै छलफल कार्यक्रममा प्रहरी निरीक्षक कोइरालाले यसको समाधानको लागी सवै पक्ष वाट पहल हुुनुपर्ने कुरा छलफलका क्रममा राखेका थिए ।
    नेपालकै दोस्रो ठुलो भैरहवा भन्सार कार्यालय, वन्दै गरेको गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनीका कारण पनि ट्राफिक व्यवस्थापनका लागी  महत्पुर्ण रहेको यो क्षेत्रको कमाण्ड समाल्न यहा आईपुगेका ट्राफिक प्रमुख कोइरालालाई स्थानियहरुले चुस्तदुरुस्तरुपमा ट्राफिक व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
    विगत ६ महिना देखी प्रहरी नायक निरीक्षकको नेतृत्वमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा विभिन्न समस्याहरु रहेका छन् । जसलाई कोइरालाको नेतृत्वले कसरी अगाडी वढाउने हो हेर्न भने वाकी रहेको छ ।
    अहिले जिल्ला ट्राफिक प्रहरीलाई आफ्नो कार्यालयको अभाव रहेको छ भने यसको अलावा बर्मेलीचोक देखी मिलनचोक सम्म , मिलन चोक देखी देवकोटाचोक सम्म र मिलनचोक देखी निर्माणा होटल सम्म एकतर्फी पार्किङको व्यवस्था गरिएको  भएतापनी सडक साघुरोका कारण सवारी आगमनमा समस्या देखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.