भैरहवा, बैसाख । नेपाली काग्रेस रुपन्देहीले १० औ लोकतन्त्र दिवस बिभीन्न कार्यक्रम गरी मनाएको छ । काग्रेस रुपन्देहीले लोकतन्त्र दिवसको अवसरमा सातबटै निर्वाचन क्षेत्रमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय बमोजिम शनिवार सातबटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरीएको नेपाली काग्रेस रुपनदेहीका सचिव रामकृष्ण खाणँले जानकारी दिए । यसैबिच नेपाली काग्रेस क्षेत्र नं ५ ले रुपन्देहीको गजेडीमा एक कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाएको छ । उक्त कार्यक्रममा बोल्दै सभासद एवं काग्रेस नेता भरतकुमार साहले काग्रेसकै नेतृत्वमा नेपालमा लोकतन्त्र आएको भन्दै अव सघियता सहितको सविधानलाई कार्यान्वयनमा लगेर लोकतन्त्र पुर्णरुपमा संस्थागत गर्नु पर्ने बताए ।
क्षेत्र नं ५ का क्षेत्रिय सभापति वसीउल्लाह मुसलमानको सभापतित्व, सचिव राम बहादुर थापाको सचांलन तथा महासमिती सदस्य मदन थापाको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणँ, जिल्ला सदस्य फणीन्द्र शर्मा, सुनिल मरासिनी लगायतले मन्तब्य राखेका थिए ।