logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    सेनामा २२ सय पदमा जागिर खुल्यो,


    १५ बैशाख २०७३ , बुधबार

    सेनामा २२ सय पदमा जागिर खुल्यो,

    सिपाहीदेखि ड्राइभरसम्म माग

    १५ वैशाख, काठमाडौं । नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

    सेनाले  सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ पदमा दरखास्त मागेको हो । जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ पदमा दरखास्त आह्वान गरिएको छ ।

    विभिन्न पदका लागि छुट्टा(छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदनमा १५७५ जना माग गरेको छ । यस्तै अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।

    यी पदमाहरु आवदेन दिन जेठ १३ गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.