logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चिनियाँ रेल २०२० सम्ममा नेपाल आइपुग्ने


    १२ जेष्ठ २०७३ , बुधबार

    चिनियाँ रेल २०२० सम्ममा नेपाल आइपुग्ने

    जेठ, काठमाडौं । चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

    Chinese-Train-to-Nepal

     

    सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने सो पत्रिकामा चिनियाँ पक्षको अपेक्षा भन्दै प्रकाशित एक आलेखमा विश्लेषण गरिएको  छ ।

    काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने पनि सो आलेखमा उल्लेख गरिएको छ ।

    अहिले कोलकता हुँदै भइरहेको व्यापारभन्दा बिहारीका लागि वीरगन्ज हुन्दै गरिने व्यपार सहज हुनेसमेत उक्त आलेखमा उल्लेख छ ।

    उक्त आलेखलाई उदृत गर्दै भारतका सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचारको व्यापक प्रचारप्रसार गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.