कमल रायमाझी
भैरहवा,१९ वैशाख । वृज सिमेन्ट उद्योग प्रा.लि. भैरहवाले शनिवार मणिग्रामका ड्रिमल्याण्ड रिसार्टमा इञ्जिनियर तथा निर्माण प्राविधिक संग अन्तरक्रिया गरेको छ ।
उद्योगले सिमेन्ट उत्पादन देखी निर्माण प्रकृया सम्म पुग्दा गुणस्तरिय र नेपालको नम्वर १ सिमेन्ट, वृज सिमेन्ट भएको जनाउदै राष्ट्रिय गौरवका आयोजनाहरु र मेघा प्रोजेक्टहरुमा प्रयोग गर्न सहभागी ईञ्जिनियर तथा प्राविधिकहरुलाई आवाहन समेत गरेको छ ।
“सिमेन्ट टेस्ट गर्नुहोस ।प्रयोगमा ल्याउनुहोस ।अनि हामी संग हातेमालो गर्नुहोस ।”भन्ने मुल नारा नै बोकेर उद्योगको वजार शाखाले वृज सिमेन्ट गुणस्तरिय सिमेन्ट भएको भन्दै सहभागीहरुलाई विश्वस्त पार्न खोजेको थियो ।
महाप्रवन्धक रवि रञ्जन कुमार र प्राविधिक रवि कुमार रौनियारले अन्तरक्रियमा सहभागी ईञ्जिनियर तथा प्राविधिकहरुलाई वृज सिमेन्टको विषयमा प्रकास पारेका थिए ।
वृज सिमेन्टका बजार प्रवन्धक नुमेन्द्र पौडेलको अध्यक्षता तथा दिपक क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रमको प्रमुख आथिथ्यता प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गरेका थिए ।
आज आइतवार समेत उद्योगले निर्माणकर्ताहरु संग अन्तरक्रिया राखेको जनाएको छ ।
भारतको शान्ता सिमेन्ट संगका सहकार्यमा नेपालको केडिपा अर्गनाइजेशनले यो उद्योग २०५६ सालमा भैरहवाको लुम्बिनी रोड स्थिति गुरुवनियामा सञ्चालनमा ल्याएको हो ।
करिव १ अर्व लगानीमा सञ्चालिन यो उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि करिव ५३ सयले रोजगार पाएका छन् । नेपालको करिव ६० जिल्लामा यसको उत्पादन पुगको भए पनि माग अनुसारको पुर्ति भने गर्न नसकिएको उद्योगको वजार शाखाल जनाएको छ ।