logo
  • २१ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    किसानको बारीमा सयपत्रीको बहार, तिहारका लागि पोखरामै ७५ प्रतिशत फूल उत्पादन


    २१ कार्तिक २०८३ , शुक्रबार

    किसानको बारीमा सयपत्रीको बहार, तिहारका लागि पोखरामै ७५ प्रतिशत फूल उत्पादन

    लुम्बिनीखबर
    काठमाडौं, २० कार्तिक । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाकाअनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ ।

    महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । यसले स्थानीय बजारमा फूलको माग धान्न सहयोग पुर्याउनुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको कडरियाले बताउनु भयो । यस वर्ष पोखरा महानगरपालिकाभित्र करिव २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने फूलको मागको करिव ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको कडरियाले जानकारी दिनुभयो । तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानको बारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ ।

    अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गर्दै आएको छ । विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुन थालेपछि स्थानीय उत्पादनले बजारमा हिस्सा बढाउँदै गएको छ । स्थानीय स्तरमै फूल उत्पादन बढ्दै जाँदा एकातिर किसानको आम्दानी वृद्धि हुने र अर्कोतर्फ बाहिरबाट हुने फूल आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.