कमल रायमाझी
भैरहवा,२० बैशाख । यस क्षेत्रको ठुलो सिमेन्ट उद्योग अर्घाखाची सिमेन्टले शनिवार भैरहवाको रेडसन्स रिसोर्टमा डिलर मीट कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी र धौलागिरीका डिलरहरुलाई सहभागी गराएर उद्योगले अन्तरक्रिया तथा उद्योगको विषयमा जानाकारी दिएको उद्योगको वजार शाखाले जानाकारी दिएको छ ।
गुणस्तरिय र ओपिसी सिमन्ट उत्पादन गर्न शुरु गरेको यो उद्योगले दुइ अञ्चलका ७८ जना डिलरहरुलाई सिमेन्टको क्यालिटी र भरपर्दो भएको भन्दै उपभोक्ता माझ सहजरुपमा पुराइदिन समेत आग्रह गरेको छ ।
उद्योगका प्रवन्धक निर्देशक राजेश अग्रवालले उद्योगका विषयमा डिलरहरुलाई जानाकारी दिदै गुणस्तरियतालाई आफुहरुले पहिलो प्राथामिकतामा राखेको वताएका थिए ।
स्थानिय सञ्चारकर्मी र सरोकारवाला निकायहरुको समेत उपस्थित डिलर मिट कार्यक्रममा उद्योगका महाप्रवन्धक उद्धव वहादुर कार्कीले वजार विस्तार र सिमेन्टको अत्याधिक मागका वारेमा सहभागीहरुलाई जानाकारी गराएका थिए ।
रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्टमा तीन अर्बको लगानी रहेको छ । यसमध्ये साढे ८२ प्रतिशत स्वदेशी र साढे १७ प्रतिशत विदेशी लगानी छ । नेपाली व्यावसायिक घराना मुरारका अर्गनाइजेसन ३० प्रतिशत०, सिद्धार्थ ग्रुप ३५ प्रतिशत, केडिया ग्रुप १७।५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट १७।५ प्रतिशत को यसमा संयुक्त लगानी रहेको उद्योगको व्यवस्थापन शाखाले जनाएको छ । ।
ठूला परियोजनालाई लक्षित गर्दै शतप्रतिशत ओपीसी सिमेन्ट बजारमा ल्याएको उद्योगले बताएको छ । सरकारी मापदण्ड अनुसार सिमेन्टको गुणस्तर ३३ एमपीए हुनुपर्नेमा अर्घाखाची सिमेन्टको ७२ एमपीए रहेको उद्योगको दावि रहेको छ । । उद्योगको उत्पादन क्षमता दैनिक एक हजार मेट्रिक टन रहेको छ । यसबाट ५ सय जनाले प्रत्यक्ष र ६ सय जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । यसअघि उद्योगले सिमेन्टको कच्चापदार्थ ‘क्लिङकर’ उत्पादन गर्दै आएको थियो । नेपाल गुणस्तर चिन्ह प्राप्त यो सिमेन्ट ‘अर्घाखाँची सिमेन्ट उद्योग’ ले आफ्नो उत्पादन बजारमा ल्याएको हो .

