logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    विप्लव माओवादीद्वारा काठमाडौंका विद्यालय बन्द आह्वान


    २१ बैशाख २०७३ , मंगलबार

    विप्लव माओवादीद्वारा काठमाडौंका विद्यालय बन्द आह्वान

    २१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक र विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंका सबै विद्यालय बन्द आह्वान गरेका छन् ।10532365_412948312190025_6311270128290249706_n

    काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहाइको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले विद्यालय बन्दको घोषणा गरेका हुन् ।

    शिक्षा अधिकारी गौतममाथि यही वैशाख १५ गते दुर्व्यवहार गरेको भन्दै प्रहरीले विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा सोमबार अखिल क्रान्तिकारीले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए । धर्नामा बसेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरुलाई तत्काल नछाडिए अनिश्चितकालका लागि शैक्षिक हड्ताल गर्ने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.