logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आर्थिक क्रान्तिको नेतृत्व अब युवाले गर्नुपर्दछ


    २६ बैशाख २०७३ , आइतबार

    आर्थिक क्रान्तिको नेतृत्व  अब युवाले गर्नुपर्दछ

    एसआर ग्रुपका प्रवन्धक निर्देशक सुरज उप्रेती अहिले युवा उद्यमीका रुपमा उदाउदा व्यवसायी हुन् ।first

    रुपन्देहीमा लोकप्रिय औद्योगिक घराना एसआर ग्रुपको नेतृत्व समालिरहेका यि युवा उद्यमी उप्रेतीले उर्जाशील युवाहरुलाई अवको आर्थिक क्रान्तिको नेतृत्व गर्न आवश्यक रहेको बताउँछन् । विदेशीदो युवाशक्तिलाई स्वदेशमा नै स्वनिर्भर बनेर अगाडी बढ्नपर्ने भन्दै उनले राज्यको नीति युवा लक्षित स्वरोजगार केन्द्रित बनाउन सरकार समक्ष माग गर्दछन् । विक्रम सम्वत २०४४ साल फागुन २८ गते बुवा सिताराम उप्रेती र आमा गोमा उप्रेतीको जेष्ठ सुपुत्रको रुपमा उप्रेती परिवार भित्र जन्म लिएका यिनले पुलचोक इञ्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियर पास गरेका छन् । सिक्किम मणिपाल विश्वविद्यालय वाट एमबिए गरेका उप्रेतीले आफ्नो व्यवसायी ग्रुपमा धर्मपत्नी सुरक्षा काफ्ले र बहिनी शिला उप्रेतीलाई व्यवस्थापन टिमको मुख्य खम्बा भएको बताउँछन् । उपभोक्ता माझ गुणस्तरीय र दिगोपन हुने वस्तुहरु पु¥याउने आफ्नो ग्रुपको मुख्य उद्देश्य रहेको जनाउने उप्रेतीले राज्यले नीति निर्माण गर्दा औद्योगिक क्षेत्रलाई सहयोग पुग्ने किसिमको बनाउनुपर्ने भन्दै नेपालले अब राजनीतिक क्रान्तिभन्दा आर्थिक क्रान्तिमा ध्यान दिनुपर्ने औँल्याए । यीनै युवा व्यवसायी तथा एसआर ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेतीसंग लुम्बिनीखबर अनलाईन पत्रिका का लागी पत्रकार कमल रायमाझीले गरेको कुराकानीको सारसंक्षेप ः
    युवा उद्यमी भएर स्थापित हुदै गर्दा यहांले कस्ता समास्याहरुसँग सामना गर्नु परिरहेको छ ?
    –पहिलो कुरा त नेपालमा लगानी मैत्रीपूर्ण वातावरण छैन् । व्यापारिक घरानाका युवाहरु मात्र यहाँ आफ्नो व्यवसायी प्रति आबद्ध रहेका छन् । आर्थिक रुपमा सम्पन्न मानिसहरु समेत उद्योग व्यवसायी प्रति आर्कषक नभएको स्थित रहेको छ । उद्यमी बन्न चाहने नेपाली युवाहरुलाई बैकंहरुले विश्वास लिएको अवस्था छैन् । परम्परागत शैलीमा अगाडी बढ्दा असफलतातिर धकलिने सम्भावना पनि उत्तिकै रहेको छ । अरुले गरेका कामहरु , जसले सिमेन्ट उद्योग खोल्यो । अर्कोले पनि त्यही खोल्ने प्रवृत्ति नेपालमा हावी हुँदा अस्वस्थ प्रतिस्पर्धा तिव्रताले उद्योगहरु घाटा गएर बन्द हुने अवस्था रहेको छ । राज्यको नीतिमा युवा लक्षित कार्यक्रम नहुँदाको समस्या । व्यवसाय गर्न चाहनेहरुसंग सही दिशानिर्देश र योजना देखिँदैन । आफुले गर्ने व्यापारमा गहिरो अनुसन्धान र परामर्शको अभाव जस्ता कुराहरु नयाँ उद्यमीले सामना गर्नु परेको छ ।
    यहाँको औद्योगिक घराना एसआर ग्रुपको स्थापना कसरी भयो होला ?
    –एसआर ग्रुप २०३४ सालमा वुवा सिताराम उप्रेतीले स्थापना गरेको व्यापारिक फर्म हो । एउटा व्यवसायी मोटर (गाडी) सञ्चालनमा ल्याएर सुरुवाती गरिएको यो सस्था अहिले वृहत रुपमा अगाडी वढेको छ । विशेस्त यो सस्थाले मैले पढाई सकेर आए पछि बैधानिकता पाएको हो । २०६७ सालमा यसको हामीले छलफल र परामर्श गरी वृहत रुप दिने सिस्टममा परिवर्तन गरेका हौ । २०६८ साल पछि यसले आफ्नो रफ्तारलाई अगाडी वढाएको हो । हिजो बुवाले व्यक्तिगत रुपमा चलाएको सस्थालाई मैले सामूहिक रुपमा अगाडी बढाउने प्रयास गरेको छु । जुन अहिले राष्ट्रिय स्तरमा एसआर ग्रुपले परिचित हुँदैछ ।
    एसआर ग्रुप स्थापनाको मुख्य उद्देश्य के रहेको छ ?
    –कुनै पनि उद्योगको स्थापना मुख्यतया नाफा कमाउने नै रहेको हुन्छ । हामीले पनि नाफाका साथै सेवामा समर्पित हुने उद्देश्य राखेका छौँ । हामीले गर्ने उत्पादनले उपभोक्ता सन्तुष्ट गर्ने हाम्रो पहिलो उद्देश्य हो । उत्पादनमा गुणस्तरियता र दिगोपनामा हामीले जोड दिने प्रतिज्ञा समेत गरेका छौँ ।
    यहाँको व्यापारिक घराना एसआर ग्रुपले कस्ता उत्पादनहरु बजारमा पठाउने गरेको छ ?
    –हाम्रो ग्रुपको पहिलो व्यापार  ढुवानी सेवा नै हो । ढुवानी हुँदै हामी घरजग्गा कारोबार, स्टिल उत्पादन, विद्युतीय पोल र हयुम पाइप निर्माण, निर्माण सामाग्रीको व्यापार जस्ता कारोवारबाट बजारमा गएका छौँ । अब केही दिन मै एसआर फुड उद्योग मार्फत विभिन्न खाद्य सामाग्री  वजारमा पु¥याउने तयारीमा रहेका छौ । शैक्षिक क्षेत्रमा समेत हाम्रो लगानी रहेको छ । अहिले हामीले नयाँ व्यापारलाई बढावा दिने भन्दा पनि बजारमा स्थापित रहेका व्यापारलाई अझ गुणस्तरीयता, विश्वासिलो र दिगोपना ल्याउने प्रयासरत छौँ । समयको माग अनुसार अन्य उत्पादनहरु समेत थप्दै जाने योजनामा हाम्रो ग्रुप रहेको छ ।
    यहाँले शैक्षिक क्षेत्रमा समेत लगानी बढाउनु भएको छ । कस्तो शिक्षा यहाँका नयाँ युवा विद्यार्थीहरुलाई प्रदान गरेमा नेपालले मागेको शिक्षा जस्तो हुन्छ ?
    –हेर्नुहोस कमल जी ,नेपालको शिक्षा निति नै व्यवहारिक छैन् । म उद्योगीका नजरले  शैक्षिक नीति हेरे भने एमबिए गरेका मानिसहरुमा व्यापारिक दृष्टिकोण नै देखिदैनन् । उसको उद्देश्य पास हुने भए पनि व्यवहारिक पक्ष कमजोर रहेको छ । विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति कहाँ प्रयोग हुने समेत सरकारी नीतिमा देखिँदैन् । अब नेपालमा कहाँ कुन किसिमको शिक्षा आवश्यक रहेको छ । त्यही किसिमको शिक्षा प्रदान गर्न जरुरी देखिन्छ । शिक्षक बन्नका लागी प्राथमिक तहबाट नै शिक्षक बन्ने कुराको अध्ययन गराउनु पर्दछ । व्यापार व्यवसायीमा लाग्नेका लागी त्यही किसिमको र राजनितिक तथा कर्मचारी बन्नका लागी त्यही किसिमको शिक्षा नीति अहिलेको माग रहेको छ । हामीले यस्तो शिक्षा दिएर नयाँ जनशक्ति उत्पादन गर्न योजनाका साथ अगाडी बढेका छाँै ।
    यहाँको औद्योगिक ग्रुप एसआर ग्रुपको आगामी योजना के रहेको छ ?
    –हामी हाल बजारमा रहेका उत्पादनहरुलाई गुणस्तरियता र दिगोपनामा ध्यान दिँदै अब आइटी क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौँ ।अनलाईन व्यापारको गर्ने योजनामा हाम्रो ग्रुप पुगेको छ । पर्यटन तथा होटल व्यवसायीमा समेत हामी लगानी गर्ने सोचमा रहेका छौँ ।
    एसआर ग्रुपको संरचनाको वारेमा केहि बताइदिनुहुन्छ कि ?
    –हाम्रो ग्रुपमा बुवा सिताराम उप्रतीको अध्यक्षता तथा अभिभावकत्वमा र म सुरज उप्रेती प्रबन्धक निर्देशक रहेर  व्यवस्थापन टिम तयार पारेका छौँ । यो टिमलाई शाखा र उपशाखामा विभाजन गरी प्रशासनिक निकाय, व्यवस्थापन र बजार टिम लगायतको संरचना तयार पारेका छौँ । यो संरचनाले एसआर ग्रुपको सञ्चालन गरेको छ ।
    प्रसंग बदलौँ , नेपालको औद्योगिकीकरणले गति लिन नसक्नुको खास कारण के होला ?
    –मुख्यत राज्यको नीति नै हो । राज्यले औद्योगिक नीति बनाउँछ । कार्यान्वयन पक्ष कमजोर बनाउँछ । औद्योगिककरण गर्ने भन्छ तर उद्योगीलाई प्रोत्साहन गर्दैन । अहिले तपाईले हेर्नु भयो भने उद्योगमा लगानी गर्न चाहानेहरुका लागी विभिन्न जोखिमहरु रहेका छन् । एक उद्योगीले उद्योग सञ्चालनका लागी जमिन मै करोडौ लगानी गर्नु परेको छ । जुन सरकारले निश्चित मापदण्डमा वनाएर सहजीकरण गर्नु पर्ने हो । विद्युतको समस्या जटिल रहेको छ । सुरक्षाको कारण पनि नेपालमा औद्योगिकीकरणले गति लिन सकेको छैन् । सामाजिक रुपमा समेत उद्योगलाई विस्थापित गर्ने कार्यक्रमहरु जनस्तरबाट आउने गरेको छ ।suraj
    नीजि क्षेत्रले देश विकासमा कस्तो भूमिका खेलेको छ ?
    – विभिन्न किसिमका जोखिमहरु मोलेर पनि नीजि व्यवसायीहरु राज्यको विकासमा एकताबद्ध भएर अगाडी बढेका छन् । यीनले तिर्ने राजस्व र विभिन्न सामाजिक कार्यका संलग्नताले समेत देश विकासमा मुख्य भुमिका निर्वाह गरेको छ । विनाशकारी भुकम्प पछि समेत राहत र सहयोगमा पहिलो स्थानमा रहेर नीजि क्षेत्रले सहयोग जुटाउन र गर्न सफल भएका उदाहरणहरु हामी संग रहेका छन् । राज्यले चाहाने र सही नीति बनाउने हो भने हाइड्रोबाट देशलाई लोडसेडिङ मुक्त बनाउन र नेपालमा उत्पादन गरेको विद्युत विदेशमा बेच्न पनि नीजि क्षेत्र तयार छ । सरकारको विभिन्न समस्यारत कानुनले नीजि क्षेत्रलाई अड्काउने गरेको छ ।
    यहाँ युवा उद्यमीका साथै निर्माण ईञ्जिनियर पनि हुनुहुन्छ । भुकम्प पछिको पुर्ननिर्माणमा यहाँको तर्फबाट कस्तो भूमिका रहेको छ ?
    –नेपालका १४ जिल्लामा भुकम्पका कारण ठुलो क्षति पुगेको छ । प्रकृती विपत्तिका रुपमा आएको भुकम्पले पु¥याएको क्षतिको पुर्ननिर्माणमा नीजिक्षेत्रले ठुलो सहयोग पु¥याएको छ । जसमा हामी पनि सहभागी रहेका छौँ । राज्यले आवश्यक ठानेमा अझ पनि हामी पुर्ननिर्माणमा सहयोग गर्न तयार छौँ । जुन हाम्रो पनि सामाजिक दायित्व हो । गुरुयोजना तयार गरी  अबको पुर्ननिर्माण गर्नुपर्दछ । बस्तीहरुको समेत योजना र दिगोपनालाई ध्यान दिएर घर तथा सार्वजनिक भवनहरुको निर्माण वनाउन आवश्यक रहेको छ । जसमा हामी राज्यको साथमा रहेका छौँ ।
    युवा उद्यमीहरुले उद्यमी बन्नका लागी कस्ता कुराहरुमा ध्यान दिन आवश्यक देख्नुहुन्छ ?
    –मुख्यतया धैर्यता चाहिन्छ । जसले उद्योगी बन्न चाहन्छ । उससँग सम्बन्धित क्षेत्रमा दक्षता ,बजारको राम्रो ज्ञान र उपभोक्ताको मनमा पुग्न सक्ने उत्पादन अबको आवश्यकता हो । आत्मविश्वास समेत उद्योगी बन्नका लागी ठुलो कुरा हो  । जोखिम समेत वहन गर्न सक्नेले उद्योगी बन्ने क्षमता राख्दछ ।
                              sr group

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.