logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पर्यटनको महत्व, धार्मिक क्षेत्रमा


    २४ जेष्ठ २०७३ , सोमबार

    पर्यटनको महत्व, धार्मिक क्षेत्रमा

    गंगा लिगल

    ganga ligal

    पर्यटन क्षेत्रले आजको युगमा गहन भूमिका निर्वाह गर्न सफल भएको छ । यो आजको युगमा अत्यन्त कर्णप्रिय शब्द पनि बन्न पुगेको छ । यो शब्द सभ्यताको प्रतिकको रुपमा पनि अगाडि उभिन्छ । आज विश्वमै अनुसन्धनको विषय बन्न पुगेको छ ।
    विश्वका हर क्षेत्रका मानिसहरु निरन्तर रुपले अनुसन्धान र आविष्कारकै खोजीमा आफूलाई व्यस्त पारिरहन मन पराउँछन् भने पर्यटकको रुपमा आनन्द लिनुका साथै तीर्थस्थलको निरीक्षण, दर्शन गर्नुपनि महत्वपूर्ण मानेका छन् । पर्यटक शब्द व्यापक, विशाल र बोझिलो अर्थ बोकेको शब्द पनि मानिएको छ ।
    यही सन्दर्भमा कुनै पवित्र स्थलमा दर्शनार्थी जाने यात्रालाई धार्मिक तीर्थयात्रा र व्यक्तिलाई तीर्थयात्री भनी सम्बोधन गरिन्छ । आज विश्वमै वैज्ञानिक युग बन्न पुगेको छ  भने अर्कोतिर मानिसको हृदय र  मानसपटलमा धर्मले पनि ठूलो स्थान ओगट्न सफल भएको छ । एक त रमणीय यात्रा हुनु, अर्को भगवानको दर्शन गर्न पाउनु यो भन्दा ठूलो के हुन सक्छ र । नेपाल मन्दिरै मन्दिरले भरिएको देश भनी विदेशी पर्यटकहरुले काठमाण्डौ उपत्यकालाई यो स्थान “सिटी अफ टेम्पल” हो भनी नाम राखेका छन् । यो हिन्दू राष्ट्र भएको हुनाले प्रशस्त र प्रसिद्ध हिन्दू मन्दिरहरु छन् भने यस ठाउँमा सहिष्णुताको जरा गाडेको हुनाले बुद्ध मन्दिर, गुम्बा, चैत्य र विहार पनि प्रशस्त छन् । प्यागोडा, शिखर, गुम्बज शैलीका सुन्दर मन्दिर भएको यो स्थल पर्यटनको केन्द्र नै बन्न पुगेको छ । जबसम्म मानिसको हृदयमा धार्मिक भावनाले ठाउँ लिँदैन तबसम्म संसारमा सत्यताले जरो गाड्न सक्दैन । तसर्थ धार्मिक भावनाले ठाउँ लिँदैन तबसम्म संसारमा सत्यताले जरो गाड्न सक्दैन । तसर्थ धार्मिक भावनाले ठाउँ लिँदैन तबसम्म संसारमा सत्यताले जरो गाड्न सक्दैन तबसम्म संसारमा सत्यताले जरो गाड्न सक्दैन तसर्थ धार्मिक भावना सबैको हृदय र मन मस्तिष्कमा हुनु अत्यन्त आवश्यक छ । यही प्रेरणा र चाहना बोके मानिस धार्मिक तीर्थयात्रीको रुपमा विभिन्न मन्दिरहरुको स्थलमा देव दर्शन गर्न जाने गर्दछन् ।
    हाम्रो हिन्दू धर्म शास्त्रले पनि भनेको छ । “अन्य क्षेत्र कृतम पापम तीर्थ क्षेत्र विनस्यन्ति तीर्थ क्षेत्र कृतम पापम् वज्र लेप भविष्यमन्ति ।” आम क्षेत्रमा गरिएको पाप तीर्थ क्षेत्रमा नाश हुन्छ  र तीर्थ क्षेत्रमा गरेको पाप वज्रलेप भएर रहन्छ । तसर्थ जानी नजानी पनि भएका पापहरु तीर्थ क्षेत्रमा देव दर्शन गर्न मन्दिरमा गएपछि नाश हुन्छ भन्ने धारणाले पनि धार्मिक तीर्थयात्रीको रुपमा मानिसहरु तीर्थस्थलमा आउने जाने गर्दछन् ।
    तीर्थस्थलबाट पवित्र जीवन र ज्ञानयुक्त जीवन प्राप्त हुन्छ । तीर्थबाट धर्म र मोक्ष प्राप्त हुन्छ भन्ने कुरा हाम्रो शास्त्रले पनि वर्णन गरेको छ । तसर्थ हिन्दु जीवनको लक्ष्य,  धर्म र मोक्ष प्राप्तिको लागि तीर्थ गर्नुपर्दछ भन्ने धारणा रहेको छ । यही आन्तरिक लक्ष्यलाई कायम राख्ने धार्मिक पर्यटन र विकासको संरक्षण र संवद्र्धन गर्न ठूलो सहयोग पुग्न गएको छ । हिनदु तीर्थहरुमा नेपालमा पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, वराह क्षेत्र, जनकपुरधाम, देवघाट, गोसाईकुण्ड आदि प्रसिद्ध र पवित्र हिन्दु तीर्थक्षेत्र मानिन्छ ।
    हाम्रो नेपालको राजधानी काठमाण्डौ जहाँ पशुपतिनाथ सम्पूर्ण नेपालीको लोकप्रिय   आराध्य देवताको रुपमा रहेको छ । सो सुन्दर शान्त र विशालताको परिवेष्ठित भएको मूर्ति र मन्दिरको दर्शनार्थ आज कैयौँ विदेशी पर्यटकहरु नेपालमा धार्मिक पर्यटकको रुपमा आएका हामी पाउँछौँ ।
    यसैगरी बौद्धमार्गीका लागि बुद्ध जन्मस्थल लुम्बिनी अति नै पवित्र स्थलका रुपमा रहन गएको छ भने बुद्धका चार पवित्र कार्य र स्थलहरु अति नै लोकप्रिय र पवित्र तीर्थस्थल मानिन्छन् ।
    १) बुद्ध जन्म स्थल लुम्बिनी
    २)ज्ञान प्राप्त बोध गया
    ३) प्रथम उपदेश सारनाथ
    ४) महा परिनिर्वाण कुशीनगर
    वैशाख पूर्णिमा बुद्धको जन्मतिथी भएकोले विश्वकै बुद्ध धर्मावलम्बीहरुले यो समयलाई पर्वको रुपमा मान्ने गर्दछन् । पूजाआजा गर्ने क्रममा ठाउँ ठाउँको दर्शनार्थीहरुको भीड लागेको हुन्छ ।
    बुद्ध दर्शन गरेर आफूलाई सन्तुष्ट मान्ने कतिपय विदेशी तीर्थयात्रीहरु यस स्थानमा दर्शनार्थ आउने गर्दछन् । जसले गर्दा यहाँ ठूलो संख्यामा मानिसको भीडले बुद्धको जयन्ती मनाउने, प्रसाद ग्रहण गर्ने, बुद्धको उपदेशलाई मनन, चिन्तन र हृदयगंम गरी आफूलाई धन्य ठानी फर्कने गर्दछन् ।
    यहाँ हरेक वर्ष विदेशी धार्मिक पर्यटकहरु दर्शनको साथै वास्तु, विहार, चैत्य मन्दिरको अवलोकन गर्ने खोजी गरी नयाँ कुरा, वस्तुहरु पत्ता लगाउने क्रममा पनि आउने गर्दछन् । यसरी धार्मिक पर्यटन नेपालमा फस्टाएको पाईन्छ ।
    यो पर्यटन कार्यले अर्को पक्षलाई सबल बनाउन सफल भएको छ । त्यो हो नेपालको अर्थ व्यवस्था हरेक वर्ष पर्यटकहरुको नेपाल  आउने क्रममा वृद्धि हुनुको खास कारण यहाँका सुन्दर शान्त र पवित्र वातावरण, मन्दिरका विभिन्न सुन्दर शैलीहरु, सुन्दर मूर्तिहरु, यहाँको अनौठो जातियता, रहनसहन, भेषभूषा, बाजागाजा, संगीत, दोहोरी, रोदी जस्ता विशिष्ट किसिमका संगीत,संस्कृति, धार्मिक क्रियाकलाप आदिले निकै प्रभाव पारेको  छ ।
    जसले गर्दा पर्यटन कार्यमा निरन्तरता आउन सफल भएको छ  भने जति पर्यटकको संख्या नेपालमा भित्रिन्छ उति नेपालको अर्थतन्त्रमा टेवा पुग्ने आशा गरिन्छ । तसर्थ नेपालको धार्मिक क्षेत्रमा पर्यटकीय र्काले महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
    तर गएको वर्ष २०७२ वैशाख १२ को भूकम्पले धेरै धनजन र स्थानको नाश भएकोले साथै राजनीतिक गतिविधिमा केही अड्चन आएकोले पर्यटन कार्यमा केही दखल पुग्न गएको छ । तर अब यी सबै वस्तुहरुमा विस्तारै सुधार हुन गएकोले विदेशी पर्यटकहरु आउने क्रम शुरु भएको महसुस हुन्छ । यसैगरी सुन्दर शान्त विशाललाई त्यही रुप दिन सम्पूर्ण जनमानसमा राष्ट्रको उन्नतिमा जागृति आएमा देश बन्न समय लाग्ने छैन भन्ने आशा र विश्वास राख्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.