logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    “नक्कली चिकीत्सक र अवैध अस्पताल संचालकलाई जेल”


    ३२ जेष्ठ २०७३ , मंगलबार

    “नक्कली चिकीत्सक र अवैध अस्पताल संचालकलाई जेल”

    लुम्बिनीखबर
    भैरहवा,  जेठ । स्वास्थ्य क्षेत्रमा बढ्दै गएको विकृति रोक्न सरकार अब कठोर भएर प्रस्तुत हुने स्वास्थ्य मन्त्रालयले संकेत देखाएको छ ।
    स्वास्थ्य  क्षेत्रमा बढ्दै गएको विकृतिको मुख्य शिकार सर्वधारण हुने हुँदा त्यसलाई रोक्न सरकारले कडा कदम चाल्ने थालेको स्वास्थ्य मन्त्री रामजनम चौधरीले जनाएका छन् ।
    मन्त्री चौधरीले दर्ता नगरी सन्चालनमा आएका अवैध मेडिकल क्लिनिक, मापदण्ड विपरित सन्चालित स्वास्थ्य संस्था, नक्कली चिकीत्सक र मापदण्ड नपुगेका अस्पताललाई तत्काल कारबाहिको दायरामा ल्याउने बताए ।

    health news
    मन्त्री चौधरीले भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै भने “मुन्ना भाई एमबिबिएस टाइपका डाक्टरलाई खोजी खोजी जेल हाल्छौं ।  जनताको स्वास्थ्य माथि खेलबाड गर्ने कुनै पनि स्वास्थ्य संस्था र क्लिनिकलाई छाडिने छैन । ”
    चौधरीले मेडिकल कलेजहरुको शुद्धिकरण जरुरी रहेको जनाउदैं केन्द्रको निरीक्षण आउँदा गाउँ गाउँमा शिविर सन्चालन गरी बिरामी देखाउने, छल प्रवृति रोक्न सरकारले विशेष सूत्र प्रयोग गर्ने पनि बताए । उनले मेडिकल कलेजहरुमा हुने खडेबाबा डाक्टरको प्रचलन तत्काल रोक्न मन्त्रालयले विशेष अभियान शुरु गरेको जनाउँदैं भने “अहिले सम्म २ हजार खडेबाबालाई कारबाही भइसक्यो । यो संख्या बढ्ने क्रममा छ ।” नक्कली चिकित्सकको पुनः चेकजांज गर्न एनओएमलाई कडा निर्देशन दिएको पनि चौधरीको भनाइ थियो ।
    सरकारले तीनवटा जिल्लामा स्वास्थ्य विमा योजना संचालनमा ल्याएको र त्यसलाई अब तत्कालै विस्तारगरी २५ वटा जिल्लामा पु¥याइने  र आगामी २ वर्षभित्र ७५ वटै जिल्लामा संचालन गरीने चौधरीले बताए ।
    यसैबीच मन्त्री चौधरीले रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पताल    भैरहवाको निरीक्षण गरेका छन् ।
    निरीक्षण पश्चात अस्पताल विकास समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अबको एक हप्ताभित्र भीमको स्तरवृद्धिकोलागी आवश्यक ओएनएम सर्भेको टोली पठाइहाल्ने पनि जनाए । उनले अस्पतालको स्तर बृद्धि गरी एक सय बेड बनाउने कार्यमा पहल गर्ने पनि जनाए ।
    अस्पताल अनुगमन गर्न आएका मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थीले अस्पतालको प्रगति विवरणका बारेमा जानकारी गराएका थिए भने अस्पतालको स्तरबृद्धिका लागि आवश्यक पहल गर्न माग गरेका थिए । माग पत्रमा जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरूसँग प्रतिस्पर्धा गर्नका लागि विद्यमान भौतिक पूर्वाधारहरूको स्तरवृद्धि गर्नुपर्ने, महिला  रोग विशेषज्ञ,  बालरोग विशेज्ञ, मेडिकल अधिकृत, स्टाफ नर्स लगायतको दरबन्दी रिक्त रहेको हुँदा रिक्त पद पूर्ति गर्नु पर्ने, अस्पतालको गुरू योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुपर्ने, अस्पतालमा खानेपानीको अभाव रहेकाले त्यसलाई समाधान गर्नुपर्ने, अस्पताललाई एक सय बेडको बनाई संचालनमा ल्याउनु पर्ने, अस्पताल हाताभित्र सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने, निमुखा, असाहय, र गरीब दुखीका लागि छुट्टै फण्ड स्थापना गरी सेवा दिनुपर्ने, विगत देखि बन्द भएको अल्ट्रासाउण्डलाई संचालन गर्नुपर्ने, आर्थिक रूपमा अस्पताललाई मजबुत बनाउनुपर्ने, ओटीका लागि आवश्यक एनेस्थेसिया मेसिन संचालनमा ल्याउनुपर्ने, विद्युत् अभावलाई पूर्ती गर्न सोलार बत्ती जडान गर्नुपर्ने र अस्पतालको आफ्नै गाडी नहुँदा समस्या परेकोले अस्पताललाई आफ्नै गाडीको व्यवस्था गरिनुपर्ने जस्ता विभिन्न माग राखेका थिए ।
    माग पत्र बुझ्दै मन्त्री चौधरीले अबको एकहप्ताभित्रैबाट अस्पतालको स्तरवृद्धि प्रक्रिया सुरु हुने विश्वास गर्न उपस्थित सबैलाई आग्रह गरेका थिए ।
    सोही कार्यक्रमलाई सम्बोधन गदै मन्त्री चौधरीले अर्थमन्त्रालयले स्वास्थ्य क्षेत्रलाई असहयोग गरेको गुनासो पनि    गरेका            छन् । मन्त्री चौधरीले अर्थमन्त्री विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीका जनतालाई सम्बोधन गर्दै भने  “हामीले अस्पतालहरुको स्तरवृद्धि, चिकीत्सकहरुको पदपुर्ति तथा स्वास्थ्य संस्थाकोलागी आवश्यक साधनस्रोतको लागी पहल शुरु गरिरहेका छौं तर अर्थमन्त्रलायले सहमति दिनै मान्दैन ।”
    मन्त्री चौधरीले रुपन्देहीबासीलाई अर्थमन्त्रीलाई विशेष दबाब दिन आग्रह गर्दै भने तपाईहरुले अर्थमन्त्रीलाई दबाब दिनुप¥यो । अर्थमन्त्रालयले सहमति दिएमा मैले स्वास्थ्यमा जनताको सिधा पहुँच पुग्ने वातवरण बनाउछु ।  स्वास्थ्य संस्थाको स्तरवृद्धि, स्वास्थ्य क्षेत्रलाई आवश्यक सवारी साधन खरिद सम्बन्धमा स्वीकृति माग्न खोज्दा अर्थ मन्त्रालयले अहसयोग गरेको उनको भनाई थियो ।
    २७ वटा अस्पतालको स्तर वृद्धिका लागि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाए पनि अर्थ र सामान्य प्रशासनले आफ्नो प्रस्तावलाई स्वीकृत नगर्दा अप्ठ्यारो परेको उनको  गुनासो थियो  ।

    उनले भने— जुनसुकै अस्पतालको पनि स्तरबृद्धि गर्न आर्थिक जोहो गर्नु पर्ने हुन्छ, त्यसका लागि अर्थमन्त्रालयमा योजना पेश गर्दा अर्थमन्त्रालयबाट स्वीकृत हुँदैन । भीम अस्पतालको कार्यक्रममा फोरम लोकतान्त्रिकका नेता देवी चौधरी, मेडिकल सुपरीटेन्डेट डा. अनन्त कुमार शर्मा, जिल्ला जनस्वास्थय प्रमुख लगायतले स्वास्थ्य क्षेत्र र भीम अस्पतालको स्तरवृद्धिको लागी पहल गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.