logo
  • ३१ साउन २०८३ , आइतबार
    • ट्रेन्डिङ

    २०७१ र ७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा


    २ असार २०७३ , बिहिबार

    २०७१ र ७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा

    काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले २०७१ र २०७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा गरेको छ ।
    गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको साधारणसभाले २०७१ सालको छिन्नलता गीत पुरस्कार रचनातर्फ श्रवण मुकारुङ, गायनमा किरण प्रधान, सङ्गीततर्फ आलोकश्री र नवप्रतिभातर्फ गायक पशुपति शर्मा र सीता केसी (मलाई अमेरिका यही नै)भन्ने बालेको गीतलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

    hqdefault
    यसैगरी २०७२ सालको छिन्नलता गीत पुरस्कार रचनातर्फ प्रमोद ढुङ्गाना, गायनमा सत्यस्वरुप आचार्य (संयुक्त), सङ्गीत रचनामा नारायण ओली र नवप्रतिभातर्फ गायक कालीप्रसाद बाँसकोटा र सोमिया बराइली (त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो) भन्ने बोलको गीतलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

    गत वर्ष गएको विनाशकारी भूकम्पका कारण गुठीले ती दुई वर्षका पुरस्कार प्रदान गर्न स्थगित गरेको थियो  ।

    स्वर्गीय रमोलादेवी शाह छिन्नलताद्वारा स्थापित ती पुरस्कारअन्तर्गत गीत, गायन, सङ्गीत रचनामा जनही ५० हजार रुपैयाँ र नवप्रतिभातर्फ ३५ हजार  रुपैयाँ रहेको छ । ती पुरस्कार असार ३१ गते हरिशयनी एकादशीका दिन साहित्यकार छिन्नलताको जन्मदिनका अवसरमा वितरण गरिने गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

    यसैगरी गुठीको साधारणसभाले गुठीको रिक्त सदस्य पदमा वरिष्ठ कवि तथा गीतकार दिनेशहरि अधिकारी र उन्नति बोहरा शीलालाई नियुक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.