logo
  • १७ असोज २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ओमसतिया गाउँपालिका वडा नं. ६ ले छठघाट निर्माणबारे विद्यालयसँग सिफारिस माग्यो


    १३ असोज २०८३ , मंगलबार

    ओमसतिया गाउँपालिका वडा नं. ६ ले छठघाट निर्माणबारे विद्यालयसँग सिफारिस माग्यो

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, १३ असोज । ओमसतिया गाउँपालिका वडा नं. ६ कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को योजनाअन्तर्गत नैनपुर वडा नं. ६ का लागि बजेट विनियोजन भएको छठघाट निर्माणसम्बन्धी विषयमा छोटकी रामनगर माध्यमिक विद्यालयसँग सिफारिस माग गरेको छ।

    वडा कार्यालयले मिति २०८३ असार १३ गते जारी गरेको पत्रमा छठघाट निर्माण गर्ने ठाउँ छोटकी रामनगर मा.वि.को लालपुर्जाभित्र पर्छ वा पर्दैन तथा विद्यालयभित्रको जग्गामा रहेको पोखरीमा छठघाट बनाउन मिल्छ वा मिल्दैन भन्ने विषयमा विद्यालयबाट निर्णयसहितको लिखित एताशिष्ट जवाफ पठाउन आदेशसहित अनुरोध गरिएको छ।

    पत्र वडा कार्यालयका का.वा. वडा अध्यक्ष राजु कोहारले हस्ताक्षर गरी पठाएका हुन्। यसको बोधार्थ ओमसतिया गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय, शिक्षा शाखा र योजना शाखालाई समेत दिइएको छ।

    वडा कार्यालयले यस विषयमा विद्यालयको स्पष्ट धारणा माग गरेसँगै स्थानीय तहमा छठघाट निर्माणको ठाउँ निर्धारण प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.