भैरहवा, साउन ५ । नेपालको लोकप्रिय सिमेन्ट वृज सिमेन्टले ग्राहकमुखी बजार अभियानलाई अगाडि बढाएको छ ।
वृज सिमेन्टका प्रयोगकर्ताहरुलाई विभिन्न किसिमका बम्पर उपहारमार्फत आफ्नो अभियान अगाडि बढाईएको वृज सिमेन्ट उद्योगले जनाएको छ ।

ग्राहकले २५ बोरा वृज सिमेन्टको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनमा होण्डा साईन मोटरसाईकल, सामसुङ ब्राण्डको फ्रिज, मोबाईल, भ्याकुम क्लिनर, डिस होम, फ्यान, आईरन का साथै लाखौँ नगद उपहार समेत प्राप्त गर्न सक्ने महाप्रबन्धक रञ्जनले जानकारी दिए ।
साउन, भदौ र असोज गरी ३ महिनाका लागि खोलिएको उपहार प्रत्येक हप्ता वितरण गरिनेछ । हप्तैपिच्छे मोटरसाइकल लगायतका उपहारहरु ग्राहकहरुलाई प्रदान गरिने समेत सिनियर मार्केटिङ्ग एण्ड ब्राण्ड म्यानेजर अमित श्रेष्ठले बताए ।
एक दशकदेखि आफ्ना उत्पादनहरु मार्फत ग्राहकको मन जित्न सफल वृज सिमेन्ट नेपालको सहरदेखि गाउँसम्म पुगेको छ । रुपन्देहको गुरवनियामा उद्योग रहेको यो सिमेन्ट मार्फत पिपिसिमा वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपर किंग्स र स्मार्ट सिमेन्टका ब्राण्डहरु उत्पादन गर्दछ भने ओपिसीमा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ ।
“स्क्र्याच गरी जितौँ थुप्रै स्योर सट उपहार, होण्डा साईन बाइक चढी बनाऔँ आफ्नो सपना साकार” को नाराले समेत ग्राहकहरु आकर्षित पारेको छ । यो सिमेन्ट उद्योगका उत्पादनहरु निकै गुणस्तरीय भएको ग्राहकहरुले समेत बताउने गरेका छन् ।
उच्च प्राविधिक, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले ISO 9001:2008 बाट प्रमाणित हुनुका साथै यसका उत्पादनहरु वृज सिमेन्ट NS 385 र वृज सुपर प्रिमियम ओपिसि NS 49 बाट प्रमाणित भईसकेको छ ।