logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    फलफुलको बृक्षा रोपण पछि फलाउदै लायन्स


    १५ साउन २०७३ , शनिबार

    फलफुलको बृक्षा रोपण पछि फलाउदै लायन्स

    कमल रायमाझी
    भैरहवा, १५ साउन । लायन्स क्लव अफ सिद्धार्थनगरले फलफुलको बृक्षा रोपण गरि नमुना योग्य काम गरेको छ ।

    hi

    भैरहवाको वसन्तपुरमा रहेको सत्यसाई बृद्धाश्रमको हाता भित्र शनिवार लायन्स क्लवले फलफुलको विरुवा रोपी आश्रमलाई फलफुलमय बनाउने अपेक्षा राखेको लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेलले वताए ।वातावरणीय संरक्षणका लागी समेत फलफुलका विरुवाले सहयोग पुराउने क्लवले अपेक्षा राखेको छ । फलफुलका विरुवा रोपी बृद्ध आमाबुवाहरुलाई फलफुल खुवाउन सकिने लक्ष्य रहेको कार्यक्रमका संयोजक लायन्स रवी कुमार श्रेष्ठले बताए । क्लवले फलफुलको विरुवा रोपेर यसलाई हुर्काउन समेत माली खटाउने निर्णय गरेको अध्यक्ष खरेलले जानाकारी दिए ।
    लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेर वहादुर बस्नेतको प्रमुख आथित्यतामा भएको बृक्षा रोपण कार्यक्रममा क्लवका विभिन्न व्यक्तित्व तथा समाजसेवी र बृद्धा आमा बुवाको सहभागिता रहेका थियो ।

     

    kharel
    क्लवले विभिन्न जातका फलफुल विरुवा अम्वा, अनार , लिचि,आप, धुपी लगाएत ४५ ओटा विरुवाहरु रोपेको छ ।
    कार्यक्रममा आईपिजि लायन्स डिके ढुंगाना, लायन्स घनश्याम भट्टराई, मधुसुदन शर्मा लगायतले क्लवको कार्यक्रमको प्रशंसा व्यक्त गरेका थिए । क्लवका भूपू अध्यक्षहरु तिलकराज थापा, ओमकार गौचन, रुक्मा हिराचन, दीपक क्षत्री न्यौपाने,कीरण सरकार, गणेशचन्द्र थापा, लायन्स क्लव अफ भैरहवाका संस्थापक अध्यक्ष गणेश बहादुर क्षेत्री, विशिष्ट व्यक्तित्व अनुप पहारी, सुनिल ओझा, अरुण प्रताप राणा, धर्मराज श्रेष्ठ, नवराज न्यौपाने, सत्यसाई वृद्धआश्रम व्यवस्थापन समितीका अध्यक्ष माया खरेल,किरण खरेल, महेश चन्द्र थापा, ओम कुमार श्रेष्ठ, निरा ओझा, जीवन ओझा, चन्द्र भक्त श्रेष्ठ, वृजेश अग्रवाल, अर्चित श्रेष्ठ, राजेश खरेल, माधव पाण्डे, सञ्जय पुन,लियो क्लव अफ भैरहवाका अध्यक्ष गौतम गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.