logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सपनामा राम्रो पल आउनुअघि किन ब्यूझन्छौँ हामी ?


    २८ साउन २०७३ , शुक्रबार

    सपनामा राम्रो पल आउनुअघि किन ब्यूझन्छौँ हामी ?

    े तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ? यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन । सपनाको सबैभन्दा राम्रो पललाई हामी किन मिस गर्छौं भन्ने बारे आज हामी तपाईंलाई बताउँदैछौं ।

    Dreaming

    सपनाको सबैभन्दा राम्रो पलको आसपास पुग्दा निन्द्रा टुट्दा हामी सबैलाई रिस उठ्छ । यसलाई ल्यूसिट ड्रिम भनिन्छ । सबैभन्दा राम्रो पल आउनै लाग्दा हाम्रो धड्कन बढ्छ । सपनामै पनि हामी त्यो पलमा जान आतुर हुन्छौं तर धड्कन बढेका कारण हाम्रो आँखा खोलिहाल्छ ।

    सपना देखिरहेका बेला हामी यस्तो पलको करिब पुग्दा हामी विपरित लिङ्गीलाई आफ्नो अगाडि पाउँछौं । यस्तो प्रकारको स्थिती ६० प्रतिशत सपनामा हुन्छ । यसको पछाडि वैज्ञानिक कारण पनि रहेको छ ।

    क्योरा वेबसाइट प्रयोग गर्ने रोस केल्विनले यो विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार सपनाको क्रममा हाम्रो दिमागमा आरइएम र एनआरइएम नामको हलचल हुन्छ । कुनै सपना पूरा हुनैलाग्दा हाम्रो आरइएम (र्या्पिड आई मुभमेन्ट) सक्रिय हुन्छ । यही कारणले हाम्रो आँखा खुल्छ ।

    एनआरइएम (नन– र्या्पिड आई मुभमेन्ट) को क्रममा हामी कम महत्वपूर्ण सपना निकै सजिलै देख्छौं । एनआरइएमको दौरान दिमाग धेरै सक्रिय हुँदैनन् जसका कारण हामी कम महत्वपूर्ण सपनालाई तुरुन्त बिर्सने गर्दछौं । तर आरइएम भएका कारण धेरै महत्वपूर्ण सपना अधुरै हुँदा रिसाउने गर्दछौं ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.