ब्रोड व्याण्ड नेपाल प्रा.ली.का सञ्चालक मनिष भट्टराई सफल युवा उद्यमीका रुपमा परिचित नाम हो । विभिन्न संघर्षका साथै उतार चढावहरु पार गर्दै यी युवा उद्यमीले केवल नेटवर्कलाई आधुनिक प्रणालीमा ल्याउन सफल भएका छन् ।

२०५२ साल वाट सिद्धार्थ केवल नेटवर्क यस क्षेत्रमा भित्राएर सेवामुखी कार्यमा संलग्न भट्टराईले विक्रम सम्वत २०६० साल देखी बुटवल, मणिग्राम र भैरहवामा रहेका विभिन्न केवल नेटवर्कलाई मर्ज गरि ब्रोड व्याण्ड नेपाल प्रा.ली. सञ्चालनमा ल्याएका हुन । शहर हुदै ग्रामीण क्षेत्रमा समेत केवल नेटवर्क मार्फत गुणस्तरिय टेलिभिजन च्यानल देखाउने ब्रोड व्याण्ड नेपाल अहिले यस क्षेत्रको ठुलो र लोकप्रिय नेटवर्कको रुपमा समेत परिचित रहेको छ । एनालक प्रणाली वाट यो नेटवर्क डिजिटल र एचडी प्रणालीमा प्रवेष गर्ने अन्तिम चरणमा पुगेको वताउने नेटवर्क सञ्चालक भट्टराई संग लुम्बिनीखवर अनलाईनका लागी पत्रकार कमल रायमाझीले गरेको कुराकानी ।
ब्रोड व्याण्ड नेपाल प्रा.ली. स्थापनाको खास उद्धेश्य के हो ?
यो केवल नेटवर्क हो । आम सर्वसाधरणले टेलिभिजनमा विभिन्न स्वदेशी तथा विदेशी र स्थानिय च्यानलहरु सर्व सुलभ तरिकाले गाउ तथा नगरमा हेर्न पाउन भन्ने हाम्रो उद्धेश्य हो ।
यस केवल मार्फत स्थानिय च्यानलहरु समेत प्रशारण गरिने स्थानिय तहमा हुने गरेका विभिन्न गतिविधिहरु समेत प्रत्यक्षरुपमा आम जनमानसले हेर्न पाउने गरेका छन् ।
यहाहरु मार्फत सञ्चालित विविएन केवल मार्फत कस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ?
समग्रमा हामीले सञ्चालन गरेको केवल मार्फत सवै किसिमका च्यानलहरु प्रशारण हुने गरेका छन् । विशेषत हामीले सांगीतिक , समाचारमुलक , खेलकुद, मनोरञ्जनात्मक, धार्मीक च्यानलहरुका साथै ग्राहकको माग अनुसारका च्यानलहरु प्रशारण गर्ने गरेको छौ ।
हाम्रो उद्धेश्य नै वच्चा देखी युवा हुदै बृद्धाहरुको माग अनुसारका च्यानलहरु प्रशारण गर्ने रहेको छ ।
विविएन केवल नेटवर्क कति जिल्लामा सञ्चालनमा आएको छ ?
स्थापनाकालमा रुपन्देही जिल्ला वाट सुरु भएको यो केवल नेटवर्क हाल आएर लुम्बिनी अञ्चलका तराईमा रहेका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका वस्ती, वस्ती,मा पुगेको छ । हामीले शहर देखी गाउ सम्म हाम्रो केवल पुराएका छौ । भविष्यमा अझ आधुनिक र सर्वसुलभ तरिकाले ग्राहकहरु माझ पुग्ने प्रयास गरिरहेका छौ ।
यसको नेटवर्क कुन प्रणालीमा सञ्चालनमा रहेको छ ? भविष्यमा कुनै नया योजना छ की ?
हाल यस नेटवर्क पुरानो प्रविधि एनालक सिस्टममा रहेतापनि हामी पुर्णरुपमा डिजिटल प्रणालीमा जानका लागी परिक्षणमा छौ । अवको दुइ हप्ता भित्रमा आम ग्राहक सम्म डिजिटल तथा एचडी सिस्टम मार्फत हाम्रो च्यानल सवैको घरघरमा पुग्ने छ । हामी अहिले ग्राहकहरु सम्म डिजिटल वक्सहरु वितरण प्रकृयामा रहेका छौ । ग्राहकको माग वमोजिम भविष्यमा समेत हाम्रो सेवामा परिमार्जित र परिष्कृतरुपमा अगाडी वढने कुरा सवैलाई विश्वस्त पार्न चाहान्छु ।
यहाहरुले सञ्चालनमा ल्याउन सुरु गरेको नया प्रविधि वाट ग्राहकहरुले के पाउने छन् त ?
पहिलो कुरा त नेपाल सरकारको निति अनुसार नै अवको एक वर्ष भित्रमा हामीले पुरानो प्रविधिमा रहेको एनालक सिस्टम डिजिटलमा रुपान्तरित हुनै पर्ने छ । हामी डिजिटलमा प्रवेष गरिसके पछि ग्राहकहरु पाउने गुणस्तरिय सेवा नै हो । डिजिटल मार्फत ग्राहकहरुले आफ्ना टेलिभिजनमा पिक्चर क्यालिटि सफा हेर्न पाउने छन् । हामी डिजिटल प्रणालीमा जादै गर्दा ग्राहकहरुले अहिले तिर्दै आएको शुल्कमा समेत कुनै परिवर्तन समेत नगरिने भएको छ । पुरानै शुल्कमा नै ग्राहकहरुले आधुनिक प्रणाली डिजिटल केवल हेर्न पाउने छन् ।
डिजिटल प्रणाली जडान गर्न अव ग्राहकले केके गर्न आवस्यक छ ?
यसका लागी ग्राहकले खासै केहि गर्न आवस्यक छैन । डिजिटल माध्याममा प्रवेष गर्नका लागी विविएनका स्थानिय काउन्टरमा सम्पर्क राखी निवेदन दिनुपर्ने छ । निवेदनका आधारमा डिजिटल वक्स न्युनतम शुल्कमा ग्राहकहरुको घरघरमा जडान गरिने यहाको मिडिया मार्फत समेत जानाकारी गराउन चाहान्छु ।
डिजिटल प्रणाली मार्फत ग्राहकले अन्य सुविधाहरु केके हुनसक्छन् ?
हो, यहाले राम्रो प्रश्न सोध्नुभयो । हामीले अहिले सञ्चालनमा ल्याउन थालेको डिजिटल प्रणालीले अहिले टेलिभिजन च्यानलहरुमा गुणस्तरियता भएपनी निकट भविष्यमा यसै नेटवर्क मार्फत सशुल्करुपमा केवल टिभिका साथै इन्टरनेटको सेवा समेत उपलव्ध गराउने छौ ।
प्रशंग वदलौ,यहा सफल युवा उद्यमीका रुपमा परिचित हुनुहुन्छ । नया युवापिढीलाई उद्यमशिल वन्नका लागी के सुझाव दिन चाहानुहुन्छ ?
जसले उद्यमी वन्न चाहान्छ । उसमा पहिलो कुरात लगनशीलता, आत्मविस्वास र साहशको आवस्यकता पर्दछ । जसले यी कुराहरुलाई ध्यानमा राखेर अगाडी वढने प्रयास गर्दछ । उ अवश्य नै सफल उद्यमी वन्न सक्दछ । यसका साथै सम्वन्धीत क्षेत्रमा अनुभव र ज्ञान हुन पनि जरुरी हुन्छ ।
अन्त्यमा ?
हामीले प्रशारणमा ल्याउन लागेको डिजिटल तथा एचडी सिस्टमको भरपुररुपमा उपयोग गर्नुहुन सम्पुर्ण ग्राहक मानुभावहरुमा अनुरोध गर्दै यसका लागी हाम्रा स्थानिय काउन्टरहरुमा सम्पर्क राख्नहुन यसै मिडिया मार्फत अनुरोध गर्न चाहान्छु । भविष्यमा पनि यहाहरुको साथ र सहयोगको अपेक्षा राख्दछु ।