भैरहवा, साउन ३० । नेपाल भारत मैत्री संघ उपशाखा बेलहिया ले १५ अगस्टको अवसर पारेर आईतबार वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल भारतको दशगजा क्षेत्रमा सरसफाई तथा बेलहिया माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको कार्यक्रमका संयोजक सुरेन्द्र क्षेत्रीले बताए ।
सांसद इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अहमद खानको आतिथ्यतामा भएको कार्यक्रममा जिविस रुपन्देहीका निमित्त प्रमुख अख्तर हुसेन र सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत गणेश बहादुर क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शान्तकुमार शर्मा, निवर्तमान अध्यक्ष विष्णु शर्मा, व्यापार मण्डल सुनौलीका अध्यक्ष सुवास जैसवाल, ईप्रका बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभय विक्रम शाह, सिद्धार्थ होटल एशोसिएसनका उपाध्यक्ष किशोर जोशी, रोटरी क्लब सिद्धार्थनगरका अध्यक्ष खेम कार्की लगायतले नेपाल र भारतको सम्बन्ध प्रगाढ हुनुपर्ने भन्दै आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष श्रीचन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुरेन्द्र क्षेत्रीले गरेका थिए ।