logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    १० वर्षको उमेरमै पाँच लाख ऋण


    ३ भाद्र २०७३ , शुक्रबार

    १० वर्षको उमेरमै पाँच लाख ऋण

    भदौ ३
    काठमाडौं–पाँचथर सराडडाँडा(४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।
    Nepali-Currency
    आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् ।

    वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन् ।

    त्यो खर्च घर पठाउने तयारी गर्दागर्दै उनको पैसाकै लागि हत्या भएको थियो । श्रीमानको हत्या भएको खबर आएपछि उनी थला नै परिन् ।

    चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दवै मृगौलाले काम गर्न छाडेछन् । विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन ।

    अन्नतः २० माघ २०७२ मा उनले पनि धर्ती छाडिन् । आमा बुबा दवै गुमाएका भगीश्वरले अहिले ठूलो बुबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।

    तर, भतिजामाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ खड्गबहादुरलाई । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.